फिक्कलः इलामका तीन स्थानीय तहले बिभिन्न कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्ती मनाईएको छ ।
इलामको माङसेबुङ गाउँपालिका ,फाकफोकथुम गाउँपालिका र माई नगरपालिकामा बिभिन्न कार्यक्रम आयोजना गरी महागुको सम्झना गरियो । फाकफोकथुम गाउँपालिकाको शिकारी भञ्ज्याङमा महागुरुको जन्मजयन्ती मनाइयो । उक्त कार्यक्रममा बोल्दै प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले महागुरुले अघि सारेका बिचारहरुलाई अनुसरण गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ महागुरुले अघि सारको बाटोमा हामी हिड्न सक्नु पर्छ ।’ गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले फाल्गुनन्दलाई जिवन्त राख्नका लागि गाउँपालिकाले आगामी दिनमा उहा संग जोडिएका काम गर्ने बताउनु भयो । यस्तै माईनगरपालिकामा महागुरुको जन्मजयन्तीका अवसरमा बिभिन्न जातजातीको सांस्कृतिक साझी प्रर्दशन गरिएको थियो । माईनगरपालिकाका नगर प्रमुख दिपक थेवेले हत्या , हिंसा नगर , साधा जिवन बिताउ, झैझगडा नगर भन्ने महागुरुका भनाई आज आएर बिश्वले अनुसरण गर्ने बिषय भएको बताउनु भयो । माङसेबुङको भालुटारमा पनि बिभिन्न कार्यक्रम गरी महागुरुलाई सम्झना गरिएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इडिङ्गोले महागुरुको देनलाई अनुसरण गर्दै गाउँपालिका अगाडी बढ्ने बताउनु भयो । उहाले महागुरुको जन्मस्थानलाई एतीहासीक पर्यटकीय क्षेत्र बनाउन आफुले पहल गर्ने बताउनु भयो ।
इलामको माई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकाले महागुरुको जन्मोत्सवका अवसरमा सोमबार स्थानीय विदा दिएका थिए । वि.स. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिनु भएका फाल्गुनन्दले समाज सुधारमा महत्पूर्ण योगदान दिनु भएको छ । उहाले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गर्नु भएको थियो । उहाको पहलमा पाँचथरको चोकमागुमा वि.स. १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बली प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा कार्यरत फाल्गुनन्दले सैनिक जीवनबाट फर्कीएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताउनु भयो । उहाले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका थिए ।