बेरुजुको चाङमा स्थानिय सरकार

Breaking News Mukya Samachar Trending बिजनेस राजनीति


पाँचथर: एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा बिकासको नाममा आएको मोटो रकम बेरुजु देखिएको छ । आठ स्थानिय सरकारहरु बेरुजु रकमको बोझले थिचिएको महालेखा परिक्षकको प्रारम्भकि प्रतिबेदनबाट खुल्न आएको छ । पाँचथरका सबै स्थानिय सरकारहरुको बेरुजु रकम करोड भन्दा माथि रहेको छ । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा बेरुजुको रकम पनि बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षमा केहि गाउँपालिकाको बेरुजु रमक घटेको छ । भने धेरै तहहरुको बरुजु बढेको पाइएको छ ।
जिल्लाको एक मात्र नगरपालिक फिदिम नगरपालिक जुन पाँचथरको सदरमुकाम समेत रहेको नगरपालिकामा यो आर्थिक वर्ष सबै भन्दा बढि बेरुजु रकम देखिएको छ । फिदिम नगरपालिकामा ५ करोड ५१ लाख रुपौँया बेरुजु देखिएको छ । सबै भन्दा कम कुम्मायक गाउँपालिकामा १ करोड २१ लाख रुपौँया बेरुजु देखिएको छ । फालेलुङ गाउँपालिकाको बरुजु रमक पनि मोटो देखिएको छ । फालेलुङ गाउँपालीकाको ४ करोड ७८ लाख रुपाँैया बेरुजु देखिएको छ । सुख्ख क्षेत्रको रुपमा रहेको तुम्बेवा गाउँपालिकामा पनि बेरुजु रमक मोटो देखिएको छ । तुम्बेवा गाउँपालिकाको ३ करोड ८१ लाख बेरुजु रमक देखिएको छ । यता मिक्लाजुङ गाउँपालीका मा पनि बेरुजु रमक मोटो देखिएको छ । मिक्लाजुङ गाउँपालिकामा २ करोड १३ लाख हुदाँ मिक्लाजुङ भन्दा केहि ठुलो रमक फाल्गुनन्द गाउँपालिकामा देदिएको छ । फाल्गुनन्द गाउँपालिकामा २ करोड ५७ लाख रुपाँैया बेरुजु देखिएको छ । याङबरक गाउँपालिकामा पनि १ करोड ६७ लाख रुपौँया बेरुजु देखिएको छ ।
अघिल्लोे वर्षहरुको तुलनामा यस वर्ष बेरुजु रमक धेरै देखिएको जिल्लाका जानकारहरु बताउछन । धेरै स्थानिय सरकारका प्रमुखहरु पेस्की रकमका काराण बेरुजु देखिएको बताउछन् । आर्थिक वर्षको अन्तीम तिर बिभिन्न योजनाको कार्यादेश आउने भए पनि बेरुजुु रकममा बृद्धि भएको जानकारहरु बताउछ् । समयमानै बजेट आउन नसक्दा पनि बेरुजु रमकमा बृद्धि भएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकृय अधिकृत बिनोद कुमार दहालले बताए । ‘ बैशाखमा योजनाको संझैता भयो असारमा सक्ने कुरा भएन त्यहि भए पनि बेरुजु रमक ठुलो देखियो ।’ दहालले भने । दहालका अनुसार फिदिम नगरपालिकामा अशुल गनुपर्ने बेरुजु नरहेको बताए । पेस्की बेरुजु देखिएको छ । “अशुल गर्नु पर्ने बेरुजु छैन ।” दहालले भने ।
पेस्की बेरुजु भएकालृ धेरै बेरुजु त योजना सम्मपन्न भए संगै फच्छौयट हुदै गएको दहालले बताए । समयमानै बजेट आउने हो भने बेरुजुको समस्या हटेर जाने दहालले बताए । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.