पाँचथरमा मतदान हुँदै

राजनीति


फिदिम : पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ । तीन ओटै स्थानमा बिहान सात बेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

फिदिम १ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले पनि मतदान गरेका छन् । फिदिम माविको खेल मैदानमा भएको केन्द्रबाट नेम्बाङले मतदान गरेका हुन् ।

पाँचथर दुइ वडाध्यक्ष र एक पालिका अध्यक्ष पदका लागि भएको निर्वाचन भएको हो । जम्मा १७ मतदान स्थलमा ३१ ओटा मतदान केन्द्रबाट मतदान सुरु भएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्षका लागि १३ स्थलका २३ ओटा केन्द्रबाट मतदान भईरहेको छ । फिदिम १ को वडाध्यक्ष लागि एक स्थलमा रहेको ४ ओटा केन्द्रबाट मतदान भएको हो । त्यस्तै हिलिहाङ ७ मा तीन स्थलका चार ओटा केन्द्रबाट मतदान सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत भट्टराईका अनुसार फाल्गुनन्द गाँउपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन् । त्यस्तै फिदिम नगरपालिका १ मा तीन हजार छ सय ७६ मतदाता छन् भने हिलिहाङ ७ मा दुई हजार छ सय मतदाता रहेका छन् । तमोर खवरबाट

Leave a Reply

Your email address will not be published.