नेकपाको प्रशिक्षण सम्पन्न

नेकपाको  प्रशिक्षण   सम्पन्न

इलाम : नेकपा इलाम नगरपालिका २ नंम्बर वडा कमिटीको आयोजनामा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष गिरिराज रिजालको अध्यक्षता एवम् पार्टी जिल्ला अध्यक्ष एवं प्रदेशसभा सांसद रामबहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहित जिल्ला कार्यालय सदस्य एवं इलाम नगर पालिकाका प्रमुख महेश बस्नेत, जिल्ला कार्यालय सचिव नवराज शंकर, नगर अध्यक्ष प्रवाश शर्माले प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य जीवन शर्मा ढुङ्गाना, वडा नं। २ का अध्यक्ष नारद लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।