प्रदेश १ को नाम चाडै टुंगो लाग्छ : मुख्यमन्त्री शेरधन राई

प्रदेश १ को नाम चाडै टुंगो लाग्छ  : मुख्यमन्त्री शेरधन राई


फिक्कलः
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केहि समय भित्रमै एक नम्बर प्रदेशको नामाकरण टुंगीने बताउनु भएको छ । बिहिबार सूर्योदय नगरपालिकामा पत्रकारहरु संग कुरा गर्दै मुख्यमन्त्री राईले नामाकरण टुंगो लगाउने बिषय जटिल भए पनि अवको केहि समयमै प्रदेश एकको नाम टुंगो लाग्ने बताउनु भएको हो ।
उहाले आगामी प्रदेश अबिधेसनमा पेश भएका नामहरु मध्येबाट उपयुक्त नाममा सहमती जुटाउने गृहकार्य भैरहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ धेरै नामहरु आई रहेका छन, त्यस मध्ये सबैलाई मान्य हुने नाम नै प्रदेश एकको नाम रहने छ । ’ मुख्यमन्त्री राईले पाँचबर्षको सरकारको अवधिमा एक बर्ष मात्र बितेकाले बाहिर ढिला भयो भन्ने हल्ला भए जस्तो नामाकरणको बिषयमा आत्तिनु पर्ने कारण नरहेको स्पष्ट पार्नु भयो । किरात प्रदेश नाम राख्न तपाईको पनि सहमती छ रे भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री राईले आफुले आएका नाम मध्ये सहमती जुटाउने भूमीका मात्र खेल्ने भएकाले प्रदेश सभाले नै नाम टुंगो लगाउने बताउनु भयो ।
फरक प्रसङ्गमा मुख्यमन्त्री राईले नेपाली बस्तु बंगलादेश निर्यात गर्न प्रदेश सरकारले एक बिज्ञ टोली बनाएर गृहकार्य थाल्ने जानकारी दिनु भयो । ‘ प्रदेश एकमा उत्पादन भएका कृषिजन्य र निर्माण सामग्री बंगलादेश निर्यात गर्न प्रदेश सरकार आतुर छ , चाडै नै यसले ठोस नतिजा पाउछ । ’मुख्यमन्त्री राईले भन्नु भयो ।
उहाले दुई बर्ष भित्रमा संचालन गर्ने गरी सूर्योदय नगरपालिकामा चिया टेष्टीङ र अध्यन केन्द्र खोल्नका लागि सहमती भैसकेको जानकारी समेत दिनु भयो । प्रदेश एकमा उत्पादन भएका बस्तु बंगलादेश निर्यात गर्न सूर्योदय नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागी बन्न मुख्यमन्त्री राई इलाम आउनु भएको थियो । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदुत बंशीधर मिश्रले नेपाली बस्तु बंगलादेश निर्यात गर्नु अघि बजारको खोजी र निर्यात गर्ने बस्तुको टुंगो लगाउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रमममा प्रदेश एक भरीका उद्योगी ब्यवसायी , स्थानीय सरकारका प्रमुख , संघीय सरकारका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमले इलामको चिया बंगलादेश निर्यातका लागि सहज वातारण बनेको सूर्यौदयन गरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नम्बर १ , नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल कृषि बजार निकासी कार्यक्रमले प्रदेश एकमा उत्पादन भएका बस्तुको बंगलादेशमा बजार खोज्नका लागि सूर्योदयन गरपालिकामा उक्त कार्यक्रम गरेका थिए ।