डेढ महिना देखि प्रमुख बिहीन क्याम्पस

डेढ महिना देखि प्रमुख बिहीन क्याम्पस

इलाम:

इलामको सबै भन्दा ठूलो शैक्षिक संस्था महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रमख बिहीन भएको छ । करिव डेढमहिना अगाडि क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले निमित्त प्रमुखको जिम्मेवारी दिएर काठमाण्डौं गएपछि क्याम्पस प्रमुख बिहिन भएको हो ।

निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पाउनु भएका सहायक क्याम्पस प्रमुख पूर्णप्रसाद ढुङ्गानाले समेत अर्का सहायक प्रमुख पुष्पकुमार ढुंगानालाई निमित्त दिएर बिदामा बस्नु भएपछि क्याम्पस प्रमुख बिहीन भएको हो । क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिनु भएका पूर्णप्रसाद ढुंगानाले निमित्त प्रमुखको जिम्मेवारी पुष्पकुमार ढुंगानालाई दिनु भएको थियो । तर, उहाले जिम्मेवारी नलिएपछि मरब क्याम्पस इलाम प्रमुख बिहीन भएको छ । कानून बमोजिम निमित्तले फेरि अर्को ब्यक्तीलाई निमित्त दिन नमिल्ने भएकाले आफू निमित्त प्रमुख नभएको सहायक क्याम्पस प्रमुख पुष्पकुमार ढुंगानाले बताउनु भयो । ‘कानूनमा निमित्तले अर्कोलाई निमित्त दिने अधिकार हुँदैन त्यसैले म सहायक क्याम्पस प्रमुख हुँ तर, निमित्त क्याम्पस प्रमुख होइन’ सहायक प्रमुख पुष्पकुमार ढुंगानाले भन्नु भयो ।
यता क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले आफु क्याम्पसकै काममा काठमाण्डौ रहेको दावी गर्नु भएको छ । उहाले आफूले निमित्त प्रमुखको जिम्मेवारी पूर्णप्रसाद ढुंगानालाई दिएकाले आफु नआउन्जेल निमित्त प्रमुख वहाँ नै रहेको दावी गर्नु भयो । गुरागाईंले भन्नु भयो‘ म नआउन्जेल वहाँ नै निमित्त प्रमुख हो ,निमित्तले आर्कोलाई निमित्त दिने चलन कतै पनि छैन।’प्रमुख गुरागाई लामो समय देखि क्याम्पस अस्तव्यस्त बनाएर काठमाण्डौं जानु भएका कारण अहिले मरब क्याम्पस इलाम प्रमुख बिहीन र लथालिङ्ग अवस्थामा पुगेको छ ।
साविक निमित्त क्याम्पस प्रमुख पूर्णप्रसाद ढुंगानाले क्याम्पसकै लेटर प्याडमा क्याम्पसका सबै फाँट, शाखाहरुलाई बोधार्थ दिएर निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पुष्पकुमार ढुंगानालाई दिएपछि उहाले उक्त जिम्मेवारी लिन नमानेपछि क्याम्पस प्रमुख बिहीन बन्न पुगेको हो । तर यसअघि धनबहादुर न्यौपाने मरब क्याम्पसको निमित्त क्याम्पस प्रमुख हुँदा उहाले अन्य सहायक प्रमुखहरुलाई प्रमुखको जिम्मेवारी दिएर क्याम्पस चलेको नजिर रहेको छ । उक्त अवस्थाले गर्दा क्याम्पसको शैक्षिक, प्रशासनिक लगायतका सबै क्रियाकलापमा अन्यौलता सिर्जना भएको छ ।
मरब क्याम्पसमा प्रमुख गुरागाईंको राजिनामाले मात्र दीर्घकालीन निकास आउने भन्दै नेकपा निटक अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनिलनले आन्दोलन गर्दै आएको छ । तत्कालिन एमालेको भागमा परेको क्याम्पसमा एमालेकै पार्टी सदस्य रहेका क्याम्पस प्रमुख गुरागाईलाई केहि महिना अघि हालको नेकपा जिल्ला कमीटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी सदस्यता खारेजी गरेको थियो ।
नेकपाले क्याम्पस प्रमुख गुरागाई आफनै ढंगले चल्ने भएकाले उहाका कारण क्याम्पस धरापमा परेको आरोप लगाउदै आएको छ । पूर्वी पहाडी जिल्लाको महत्वपूण शैक्षिक संस्थाका रुपमा रहेको मरव क्याम्पसमा हाल बिद्यार्थी संख्या समेत न्यून मात्र छ । स्थानीय सरोकारवालले चरम राजनीतिक हस्तक्षेपका कारण क्याम्पस धराप भएको बताउदै आएका छन । बिभिन्न माग राखी लामो समय देखि केहि बिद्यार्थी संगठनले क्याम्पसमा आन्दोलन समेत गर्दै आएका छन । नेकपाको ठूलो समुहले प्रमुख गुरागाईलाई राजीनामा दिन दबाव दिदै आए पनि पूर्व प्रधानमन्त्री झलनाथ खनाल निकट गुरागाईलाईले उहाकै शक्तिका भरमा राजीनामा नदिनएको बुझिएको छ ।