मरब क्याम्पसको समस्या समाधान गर्न नेबि संघको आग्रह, तालाबन्दीले विद्यार्थी समस्यामा

Breaking News Mukya Samachar Special News Trending राजनीति शिक्षा

इलाम : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मरब क्याम्पसमा भइरहेको आन्दोलनलाई लिएर मंगलबार बिज्ञप्ति जारी गरेको छ ।नेवि संघ मरब क्याम्पस एकाईले निकालेको बिज्ञप्तिमा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्रशासन लगायत जिम्मेवार सरोकारवाला निकायलाई स्वार्थ समूहको चँगुलबाट बाहिर निस्कन आग्रह गरिएको छ ।

साथै शैक्षिक संस्थालाई पार्टी कार्यालयमा परिणत नगन पनि उसले सुझाव दिएको छ । क्याम्पस प्रमुख नियुक्तका लागि सिफारिस गर्ने राजनीतिक दल र त्यसकै भात्रृसंगठनको ‘आफैँ धामी, आफैँ बोक्सी’को दोहोरो अभिनयको कारण क्याम्पस रहेको तालाबन्दी नहट्दा विद्यार्थीलाई परिक्षा फारम भर्न समस्या भएको नेविसंघको ठहर छ ।

बिज्ञप्तिमा नेविसंघ ब्यवस्थापन संकायका संयोजक अग्नीप्रसाद अधिकारी, मानबिकी संकायका संयोजक अल्फा राई, शिक्षासास्त्र संकायका संयोजक किरण कटुवाल र बागबानी संकायका संयोजक अनिश बानियाले हस्ताक्षर गरेका छन् ।

यता सामाजिक संजालमा क्याम्पसको समस्या समाधान गर्न कसैले चासो नदेखाएको भन्दै धेरैले चिन्ता ब्यक्त गरेका छन् । उनिहरुले बिद्यार्थीको भविष्य अन्योलमा पार्ने अधिकार कसैलाई नभएको भन्दै राजनिति गर्ने ठाउँ थुप्रै रहेकाले शैक्षिक संस्थामा नगर्न आग्रह समेत गरेका छन् ।

नयाँ बुल्न्द अनलाईनबाट

Leave a Reply

Your email address will not be published.