दिवा खाजाले बिद्यार्थी आर्कषित

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तरबार्ता अन्तर्राष्ट्रिय अन्य अपराध आर्टीष्ट प्रोफाइल एवीसी T.V कला संस्कृति खेलकुद गण्डकी प्रदेश घुमफीर जीवन शैली ज्ञानविज्ञान पर्यटन प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ५ प्रदेश नं. ७ प्रदेश संस्करण प्रमोसन प्रवास बिजनेस बिज्ञापन बिमा बैंकिंग मनोरञन राजनीति रोचक विचार विश्व अर्थतन्त्र शिक्षा समाचार समाज सूचना प्रविधि सेयर बजार


पशुपतिनगर(इलाम) :
इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ ।
सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त बिद्यालयमा बिद्यार्थी संख्या बढेर २० जना पुगेको बिद्यालयका शिक्षक सागर राईले जानकारी दिनु भएको छ । उक्त बिद्यालयमा अध्ययनरत मध्ये दुईजना अपाङ्गता भएका बिधार्र्थी समेत सहभागी छन् ।
खाजा कार्यक्रमका लागि स्थानीय खण्डेचुली सामुदायीक बनले १ लाख रुपियाँ उक्त बिद्यालयका कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीको पोषण खर्च बापत प्रदान गरिएको बन समितिका अध्यक्ष चन्द्रवाला राईले जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘बिद्यालय नजाने बिद्यार्थी नियमित बिद्यालय जान प्रेरित होउन भनेर यो अभियान थालेका हौ।’
बिद्यालयमा शिक्षक सुनिता पाण्डे र कर्मचारी प्रमिला सुनुवारेले दैनिक खाजाको ब्यबस्थापन गर्ने गर्नु भएको छ । बिद्यार्थीलाई शनिबार बाहेक हप्तामा छ दिन खाजा खुवाउने गरिएको बिद्यालयले जनाएको छ । बिपन्न समुदायका ब्यातिmको बसोबास रहेको उक्त क्षेत्रमा कक्षा २ र ३ मा अध्ययनरत बिद्यार्थीका लागि पनि स्थानीय सरकारले खाजा ब्यबस्थापन गरे बिद्यार्र्थी सहभागिता बढने शिक्षक राईले बताउनु भयो ।
उहाले भन्नु भयो ‘बिद्यालयमा खाजा छ भने पछि बिद्यार्थी नियमिति बिद्यालय आउछन, सबै कक्षका बिद्यार्थीलाई खाजा जटाउने सोच छ ।’ उक्त बिद्यालयमा बिद्यार्थी ३ सय बढी बिद्यार्थी अध्ययनरत रहेका छन । माईनगरपालिकाका अन्य ७५ जना अपाङता भएका बिद्यार्थीलाई हेरचाहाका लागि स्याहार कार्यक्रम अन्तर्गत करुणा फाउण्डेशन नेपाल इलामले शैक्षिक सामग्री दिदै आएको करुण फाउण्डेसन माईनगरपालिकाका समुदाय संयोजक बिमल कुमार दाहालले बताउनु भयो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.