अखिलद्धारा क्याम्पस प्रमुख गुरागाईको सांकेतिक विदाई

Breaking News Hot News Special News Trending राजनीति शिक्षा

इलाम: इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको अनेरास्ववियू क्याम्पस कमिटीले बहालवाला क्याम्पस प्रमुख रामप्रसाद गुरागाईको बिरुद्ध सांकेतिक विरोध गरेको छ । विद्यार्थीहरुले मंगलबार दिउँसो क्याम्पस परिसरमा प्रमुख गुरागाईलाई माला र अबिर लगाएर बिदाईको झल्को दिने गरी सांकेतिक विरोध गरेका हुन् । क्याम्पसलाई अस्तव्यस्त बनाएर काठमाडौंमा ४० दिन बढी समयपछि इलाम आएर क्याम्पस चलाउन खोजेको आरोप लगाउँदै प्रमुखलाई बिरोध बिदाई गरिएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष दर्शन राईले बताए ।
‘हामी आन्दोलनमा छौं, निकास भनेको क्याम्पस प्रमुखको राजीनामा मात्रै हो ।’ उनले भने( ‘हामी विद्यार्थीको हितलाई केन्द्रमा राखेर आन्दोलनरत छौं, उनिहरु क्याम्पसलाई अस्तव्यस्त बनाएर हाम्रो विरुद्धमा अनेकौं षड्यन्त्र गर्दैछन् ।’ अब प्रमुख गुरागाई मात्रै नभएर तिनका मतियारहरुलाई पनि क्याम्पसप्रती जिम्मेवार बन्ने पाठ सिकाउने भन्दै उनले चेतावनी दिए ।
अखिल ९क्रान्तिकारी० का नेता बिपन तुम्रोकले क्याम्पसको सम्पत्तिको चरम दोहन गरेर ढाकछोप गर्न लागेका प्रमुखलाई संगठनले बिदाईको विकल्प नदेखेर माला, अबिर लगाइएको बताए । छलछाम, बेइमानीबाट क्याम्पस नचल्ने भन्दै नेता तुम्रोकले विद्यार्थीक० दिनानुदिनका सवाललाई बेवास्ता गर्ने मान्छे क्याम्पस प्रमुख हुन नसक्ने बताए । आफुहरुले १८ बुदे मागपत्र बुझाएपछी आइतबार वार्तामा बोलाएर एकदिन अगाडि नै काठमाडौं भागेका क्याम्पस प्रमुख ४० दिनभन्दा लामो समय बिना काम काठमाडौंबाट फर्केकोमा आक्रोश व्यक्त गर्दै अनेरास्ववियु क्याम्पस कमिटी सचिव बिशाल कार्कीले सबै कुराको हिसाब-किताब खोजिने बताए ।
‘काठमाडौंबाट फर्किएर पौष १३ गते क्याम्पस गएर १३ गतेसम्मको काज खान हाजिर नगरी निस्किएका प्रमुखले एकैपटक हिजो २२ गते क्याम्पस गएर सबै दिनको हाजिरी गरेका छन् रे १’ उनले भने (“यस्तो मान्छेलाई के भन्नू ? लोभीको भाडो या अख्तियारको दुरुपयोग ?’ इलाम जिल्लाका हाम्रै पार्टीको वरिष्ठ नेतालाई फोन गराएर क्याम्पसलाई प्रहरीले परेड खेल्ने थलो बनाएको आरोप लगाए ।

क्याम्पसकै काम गरिरहेको छु: प्रमुख गुरागाई


क्याम्पस प्रमुख रामप्रसाद गुरागाई भने आफू क्याम्पसकै काम गरिरहेको बताउँछन् । काठमाडौं लामो समय बसेर विद्यार्थीकै समस्या समाधानमा खटेको उनको दावी छ । ‘काठमाडौं बसेर गरेको कामको विवरण सार्वजनिक गरेको छु ।’ उनले भने( ‘बिनाकाम मोजमस्तीमा समय बिराएको छुइन र त्यस्तो पटक्कै होइन ।’ क्याम्पस भने १३ गतेपछी मंगलबार मात्रै गएको उनले बताए ।

प्रमुखले हाले संचालक समिति अध्यक्षलाई मुद्दा


मंगलबार नै क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले उच्च अदालत विराटनगर इलाम इजलासमा क्याम्पसका सञ्चालक समिति अध्यक्ष राजेन्द्र कुवर र सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेललाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन् । आफुले पौष १६ गतेबाट नै क्याम्पस बिदा गरेको भएपनी सञ्चालक समितिको नियम विपरीत बैठक बसाएर २२ गतेदेखि बिदा गर्ने निर्णय गरेर सुचना टास गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।
उता सञ्चालक समिति अध्यक्ष कुवरले भने क्याम्पस प्रमुखको कारण क्याम्पस अनिर्णयको बन्दी बनेकाले निकासको लागि बैठक बसाएर समितिले समाधान दिएको बताए । ‘१३ गतेदेखि प्रमुख क्याम्पसमा अनुपस्थित हुनुहुन्छ ।’ उनले भने( ‘विदाको कुनै सूचना छैन, १६ गतेपछि पनि पठनपाठन धमाधम भइरहेको अवस्थामा अन्यौलता नहोस् भनेर समितिको बैठक बसाएर त्रि।वि। को क्यालेन्डरलाई आधार मानेर सूचना टास गर्न निर्देशन गर्ने निर्णय गरिएको हो ।’ सञ्चालक समितिको निर्देशनलाई क्याम्पस प्रमुखको अनुपस्थिमा कार्यान्वयन गरेको सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेलले बताए ।

सहायक क्याम्पस प्रमुख ढुंगानाले दिए राजीनामा


क्याम्पसमा काम गर्नको लागि शैक्षिक, प्राज्ञिक वातावरण नभएको भन्दै सहायक क्याम्पस प्रमुख पुष्पकुमार ढुंगानाले सहायक क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको बताएका छ । ‘मैले सहायक क्याम्पस प्रमुखबाट राजीनामा दिइसकेको छु ।’ उनले भने । आफुले उक्त जिम्मेवारीबाट विदा लिएकोले सहायक प्रमुखको रुपमा काम नगर्ने बताए । उनले प्रमुखलाई राजिनामा दिएको भएपनी प्रमुख स्वीकृत नगरी राखिदिएको बताए ।

Leave a Reply

Your email address will not be published.