विष्णु माक्ख्रोन्देजस्तै रहेछ -कविता – (हाङयुग अज्ञात)

Hot News Mukya Samachar Special News बिजनेस मनोरञन राजनीति


हाङयुग अज्ञात :

विष्णुले सोमरस पियो
माक्ख्रोन्देले जाँड
यी दुवै उस्तै रहेछन्
फरक यति हो
विष्णु त्यस युगको हिरो
माक्ख्रोन्दे यस युगको फटाहा

कति छल्यो विष्णुले रु
तेति नै छल्यो माक्ख्रोन्देले
विष्णुले बलिराजालाई छल्यो
जालन्धरकी पत्नी बृन्दालाई छल्यो
कहिले उर्वशी बनेर भस्मासुरलाई छल्यो

माख्रोन्देले हेडमास्टरलाई छल्यो
खुदको साक्खे गलफ्रेन्डलाई छल्यो
आफ्नै बुबाको सुर्ती बेपारलाई छल्यो

विष्णुले
महासागरमा
शेषनागको ओछ्यानमा सुतेर युगौं बितायो
माक्ख्रोन्देले
सिकुवामा
आफ्नी आमाले बुनेको गुन्द्रीमा सुतेर सारा जीवन बितायो

विष्णुसँग सुदर्शन चक्र थियो
माक्ख्रोन्देसँग खुकुरी र चकमक थियो,

विष्णु र माक्ख्रोन्दे उस्तै रहेछन्
फरक यति हो
उनीहरू बेग्लाबेग्लै समयमा जन्मे

विष्णुले जे गरे
केवल धर्मका लागि गरे
माक्ख्रोन्देले जे गरे
केवल बाँच्नका लागि गरे

विष्णुको नाममा सुन्दर भजनहरू छन्
माक्ख्रोन्देको नाममा तथानाम गालीहरू छन्

आखिर विष्णु त
मेहेलबोटे बाजेको एक्लो छोरो
माक्ख्रोन्देजस्तै रहेछ
र त अचेल शंका लाग्न थालेको छ
कतै माक्ख्रोन्दे विष्णुकै अवतार त होइन ?

Leave a Reply

Your email address will not be published.