पूर्वराजा ज्ञानेन्द्रले भने – ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण राजनीति विचार समाचार

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान सरकारको काम कर्तव्य र राजनीतिक अवस्थाप्रति गम्भीर अनि चेतावनीयुक्त आक्रोश पोखेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले विज्ञप्ति जारी गरी भनेका छन्, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’

पूर्वराजा शाहले अगाडि भनेका छन्, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्रले अगाडि भनेका छन्, ‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड राख्नुपर्दछ । देशका सबै भूभागको रक्षा तथा समग्र नेपालवासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

उनले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गरेका छन् । हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.