इलाम र पाँचथरको सीमा क्षेत्रका ६ स्थानमा सीमा सुरक्षा पोष्ट राख्ने तयारी

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय अपराध गण्डकी प्रदेश राजनीति समाज

प्रेम अधिकारी,पशुपतिनगर(इलाम):

इलाम र पाँचथरको भारत संग सिमा जोडीएको क्षेत्रमा शसस्त्र प्रहरीको ६ वटा सिमा सुरक्षा पोष्ट राख्ने तयारी भएको छ । सिमा क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण र सिमानाको सुरक्षाका गर्ने उदेश्यले स्थापना हुने ६ वटा सुरक्षा पोष्ट झापा र इलामको सिमाना सलकपुर देखि पाँचथरको प्राङ्बुङ्ग सम्मामा स्थापना गर्न लागिएको हो ।

छ वटा सुरक्षा पोष्ट मध्ये चार वटा तत्काल स्थापना गरिने छ । दुईवटा सुरक्षा पोष्ट दोस्रो चरणमा स्थापना गरिने इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिनु भयो । सरकारले यस अघि नै सन्दकपुर गाउँपालिकाको कालपोखरी, जौबारी, सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङ्ग, छब्बिसे, समाल्बुङ्ग , रोङ गाउँपालिकाको सलकपुर र पाँचथरको प्राङ्बुङ्गमा सीमा सुरक्षा पोष्ट राख्ने निर्णय गरेको थियो । सूर्योदय नगरपालिकाको सिमावर्ती बजार पशुपतिनगरमा यस अघि देखि नै शसस्त्र पहरीको सिमा सुरक्षा पोष्ट (बिओपी) राखिएको छ । उक्त पोष्टले सलकपुर देखि सन्दकपुर सम्मको सिमा क्षेत्रमा सुरक्षाको काम गर्दै आएको छ ।
नेपाल भारतको सिमावर्ती क्षेत्रको ५२ दशमलव ५ किलोमिटर क्षेत्रमा छ वटा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट राख्ने तयारी गरी घर जग्गा ब्यवस्थापनको काम भैरहेको प्रजिअ कार्कीले जानकारी दिनु भयो । प्रजिअ कार्कीले भन्नु भयो ‘भौगोलीक बिकटता भएको क्षेत्रमा एकै स्थानको बीओपीले सबै क्षेत्रमा पुग्न नसक्ने भए पछि सिमा सुरक्षाका लागि थप पोष्ट राख्ने तयारी भएको हो ।’ भाडामा बस्ने सक्ने घर र सरकारी संरचना भएका क्षेत्रमा सुरक्षा पोष्ट तत्कालै स्थापना गरिनेछ । पक्कि संरचनाका लागि स्थानीय सरकार नगरपालिका , गाउँपालिकाले जग्गा ब्यवस्थापन गरिदिए पछि प्रदेश सरकारसँग बजेट माग गरी भौतिक सरचना निर्माण गरिने छ ।
सिमा सुरक्षा पोष्टलाई आवश्यक पर्ने जग्गा व्यवस्थापनको काम स्थानीय तहले खोजि गरि हस्तान्तरणको प्रक्रियामा रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । उहाका अनुसार भौतीक संरचना भएका स्थानमा ती संरचनाको मर्मत र ब्यवस्थापन गरी पोष्ट राखीने छ भने संरचना नभएका स्थानमा जग्गा खोजीने छ । नगर प्रमुख राईले भन्नु भयो ‘ सिमा जस्तो संवेदनसिल बिषय भएकाले हामी जग्गाको खोजी गरिरहेका छौ, चाडै नै जग्गा उपलब्ध गराउने गरी काम भैरहेको छ ।’
जिल्ला सुरक्षा समितिका अुनसार सन्दकपुरको जौबारी, सूर्योदय नगरपालिकाको मानेभञ्भज्याङ्ग, छब्बिसे र समाल्बुङ्गमा पोष्ट स्थापनाका लागि घर र जग्गा छनौट भइसकेको छ । शसस्त्र प्रहरीका निरीक्षकको कमाण्डमा ३५ जनाका दरले ती स्थानको ७÷७ किलोमिटरको फरकमा शुरक्षा पोष्ट राखीने छ ।
सुरक्षा पोष्ट स्थापना हुने भएपछि सीमानाको सुरक्षा र अपराध नियन्त्रण हुनेमा स्थानीयबासीले बिश्वास लिएका छन् । जौवारीकी पासाङदीकी शेर्पाले सिमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना भए सिमा क्षेत्रका नेपाली र पर्यटकलाई समेत सहज हुने बताउनु भयो ।
सलकपुर देखि सन्दकपुर सम्माका क्षेत्रमा नेपाल भारत सिमा विवाद रहेको छ । सिमा क्षेत्रमा बसेको भारतीय सिमा सुरक्षा बल (एस.एस.बी.) ले छब्बसीसे, हिले , पुलखोला , पशुपतिनगर, सन्दकपुर लगायतका दर्जनौ स्थानमा नेपाली भूमी अतिक्रमण गरेको छ । ती क्षेत्रमा एस.एस.बी.ले दशगजा क्षेत्रमा क्याम्प बनाएर तीन÷तीन किलोमिटरको क्षेत्रमा बसेको छ । दुई महिना अघि बिद्यार्थीले सन्दकपुरमा सिमा अतिक्रमणको बिरोध गर्दै प्रदर्शन गरेपछि भारतीय पक्षले ती स्थानमा नेपालीलाई कडाई गर्दै आएको छ । एसएसबीले सिमा नाकाबाट निर्माण सामग्री निर्यातमा रोक लगाउदै आएको छ भने खाद्य सामग्री निर्यातमा रोक लगाउने चेतावनी दिदै आएको छ ।
गोखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.