इलाम : लिम्बू पत्रकार संघको केन्द्रीय कोषाध्यक्षमा इलामका पत्रकार राम योङहाङ चयन भएका छन् ।सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले योङहाङलाई केन्द्रीय समितिमा मनोनित गर्दै कोषाध्यक्षमा चयन गरेको हो ।
संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भुपेन्द्र खुदाङले पदबाट राजिनामा दिएपछि रिक्त थियो ।रिक्त स्थानमा योङ्हाङलाई मनोनीत गरिएको संघका महासचिव मिलन लिम्बूद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।
विगत १३ वर्षदेखि पत्रकारितामा क्रियाशील योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासघ ९फोनिज० इलामका अध्यक्ष र प्रेस नेपालका केन्द्रीय सदस्य समेत छन ।यसअघि दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरिसकेका योङहाङ हाल इलामबाट संचालित नयाँ बुलन्द डटकमका सम्पादक तथा सौर्य राष्ट्रिय दैनिकका जिल्ला संवाददाताका रुपमा कार्यरत छन ।
बैठकले विष्णु सुब्बा आङदेम्बे, भुमिका सुब्बा, दिनेश लिङ्खिम, लोकेश लिवाङ र स्वर्णिमहाङ फोम्बोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।
त्यस्तै बैठकले लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन पहिलो साता लिम्बुवान भुमिमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
महाधिवेशन सप्पन्न गर्न लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा पदाधिकारी, सदस्य र सबै जिल्ला अध्यक्ष सदस्य रहेको मूल आयोजक समिती समेत गठन गरेको छ ।