विराटनगर : प्रदेश १ मा मन्त्रिपरिषद बिस्तार भएको छ । मुख्य मुख्यमन्त्री शेत्रधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका छन् । राज्यमन्त्रीह?मा इलामका रामबहादुर मगर सहित ओखलढुंगाका अम्बिर गुरुङ, , झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन ।
मगरलाई भूमि कृषि तथा सहकारी, गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।नवनियुक्त राज्यमन्त्रीहरुले केहिबेर अघि सपथ लिएका छन् ।