राष्ट्रिय सभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending कर्णाली प्रदेश राजनीति


इलाम : यहि ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर मत माग्न र चुनाव प्रचार(प्रसार लगायत चुनाव, मतदाता र मतदानलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा चुनाव हुँदैछ । चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.