अनेरास्ववियू इलामको संयोजकमा पराजुली, सह-संयोजकमा पोख्रेल

अनेरास्ववियू इलामको संयोजकमा पराजुली, सह-संयोजकमा पोख्रेल

इलाम: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) इलामको जिल्ला संयोजकमा प्रबेश पराजुली चयन भएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकिकरण भएपछि बिद्यार्थी संगठनमा समेत एकिकरण पछिको पहिलो संयोजकका रुपमा पराजुली चयन भएका हुन् । त्यस्तै सह–संयोजकमा बिपिन पोख्रेल चयन भएका छन् ।

यसअघि पराजुली अखिल इलामको जिल्ला अध्यक्ष थिए भने पराजुली समेत अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष नै थिए । अनेरास्ववियूको एकताले पुर्णता पाएसंगै ७ वटै प्रदेशका जिल्ला कमिटिहरुको संयोजक र सह–संयोजक तोकिएको बताईएको छ ।

अनेरास्ववियू एकताको पहिलो पुर्ण पुर्ण बैठकले जिल्ला संयोजकमा पराजुली र सह–संयोजकमा पोख्रेललाई चयन गरेको हो । पराजुलीले पाएको जिम्मेवारी आफ्नो बुद्धि र बिबेकले भ्याएसम्म निष्पक्ष, स्वतन्त्र रहेर पार्टीलाई सहयोग गर्ने बताए ।