राजकुमार दहाल ,फिक्कलः
‘हामी २०÷२५ घरले साधारण तारले निक्कै माथीबाट बिजुली ल्याएर दुखले बिजुली बालेका छौ । निक्कै खतरा पनि छ तर के गर्नु बाल्नै पर्छ । धेरै ठाउँ धाईयो तर सुनुवाई भएन ।’ सूर्योदयनगरपालिका १२ जहरसिहंगाउँका तल्लो टोलका भक्त चाम्लिङको गनासो हो यो । यसरी जनता विकासको सन्दर्भमा ओझेलमा परिरहेको गुनासो आईरहेको बेला जनताको गुनासो सुझाव जिज्ञासा के छ बुझनको लागि सूर्योदयनगरपालिका प्रमुख रण बहादुर राई अहिले वडा वडामा पुगिरहनु भएको छ ।
सूर्योदय नगरपालिकाले गत बर्ष देखि थालेको गुनासो चौतारी कार्यक्रम यस बर्ष पनि शूरु गरेको छ । वडा वडामा पुगेर जनताको गुनासो जिज्ञासा सुझाव सुन्नको लागि थालेको गुनासो चौतारी कार्यक्रममा नगर प्रमुख उपप्रमुख सहित नगरपालिकाका टिम जनताको गुनासा जिज्ञासाहरु सुन्दै नगरबासीको घरदैलोमै पुगिरेका छन ।
जनप्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीले स्याब्बासी मात्रै हैन जनताका गुनासा जिज्ञासाहरु पनि सुन्नु पर्छ अनिमात्रै जनअपेक्षा अनुसार विकास गर्न सकिन्छ भन्ने लागेर नै कार्यक्रम शूरु गरेको नगर प्रमुख रणबहादुर राईले बताउनु भयो ।
कार्यक्रम यस आर्थिक बर्षमा हिजो माघ ६ गते सोमबार बाट सूरु भएको हो ।
सोमबार सूर्योदयनगरपालिका वडा नम्बर ११ माघेबाट सुरुवात गरिएको कार्यक्रम आज मगंलबार वडा नम्बर १२ को जहरसिहंगाउँमा सम्पन्न भएको छ ।
वडाबासीहरुले आफना गुनासो जिज्ञासा र सुझाव राखेका थिए भने सम्बन्धीत पदाधिकारीहरुले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा लालधन राई , खगेन्द्र प्रधान , राम बहादुर राई , जीत बहादुर राई , प्रिया राई , सुजन दराल , इन्दीरा काफ्ले सापकोटा , नवराज गौतम , मिलन कुमार राई , भिम कुमार लाप्चा , धन बहादुर राई जीत तामाङ , जीत माया राई लगायतले आफना गुनासा जिज्ञासाहरु राखेका थिए । वडाबासीले कृषिबालीमा हानी गर्ने जिवजन्तु तथा मानव बिचको द्धन्द्ध याथा सम्भव ब्यवस्थापन गर्दै कृषिबालिमा बन्यजन्तुबाट हुने नोक्सानी रोक्नु पर्ने , काठको पोल बिस्थापित गर्दै फलामे पोलको स्थापना गर्नु पर्ने , वडाको सबै क्षेत्रको बाटोको स्तर उन्नती गर्दै लानुपर्ने , खानेपानीको व्यवस्था कृषिबालीमा सिचाईको ब्यवस्था वडाको बिकट क्षेत्रहरुमा पनि स्वाश्थ्य सेवाको विस्तार , करलाई समायोजन , नगरबाट कृषिमा दिईने अनुदान लगायतमा सामुहिक खेति प्रणालीलाई मात्रै प्रोतहन नगरी मापदण्ड पुगेका एकल किसानलाई पनि दिईनु पर्ने , ऐनकानुन बनाएर मात्रै नहुने कार्यन्वयन पनि गर्नु पर्ने, जेष्ठ नागरीकलार्ई भक्ता घरघरमै पुराउन ब्यवस्था मिलाउनु पर्ने लगायतका गुनासाहरु राखेका थिए ।
पछिल्लो समय जनप्रतिनिधिहरु आए सगै केहि विकासको आभाष गरेको तर यहि पर्याप्त नभएको वडाबासीले बताए । अम्लिसे आ वि की शिक्षिका इन्दीरा काफलेले आफनो बिद्यालयमा कक्षा ४ सम्म मात्रै भएकोले बिद्यार्थी अभिभावको चाहाना अनुसार कक्षा ५ को स्वीकृति दिनु पर्ने बताउनु भयो । जीत तामाङले सामुदायिक बिद्यालयमा शिक्षाको अवस्था मज्बुद बनाउदै अहिलेको सामुदायिक बिद्यालयमा बिद्यार्थी सङख्या बढाउन शिक्षकलाई घरपायक जागिर दिन नहुने तर्क गर्नु भयो । खगेन्द्र प्रधानले नगरपालिकाबाट कर्मचारी नियुक्त गर्दा आदिबासी जनजाती दलित महिलालाई लोकसेवा आयोगले जस्तै आरक्षण दिनु पर्नेमा जोड दिनु भयो ।
प्रिया राईले नगरपालिकाले यसरी गुनासो सुन्ने कार्य वडावडामै आएर गर्नु अत्यन्तै खुशिको कुरा भएको र यसले विकासमा अझ जनताको अपनत्व हुने बताउनु भयो । उहाँले भविश्यको कर्णधार वालवालिकाको क्षेत्रमा पनि केहि गर्न आग्रह गर्नु भयो ।
यसरी आफनो मनमा लागेको कुरा खुलेर वडाबासीले राखेपछि नगरप्रमुख रण बहादुर राई लगायतको पदाधीकारीले जवाफ दिनु भएको थियो । नगरप्रमुख राईले सूर्योदय नगरपालिकामा एक अर्ब भन्दा बढि बजेट आएको तथा नगरपालिकाले प्रदेश र सघिंय सरकारको सहकार्यमा पनि धेरै बजेट ल्याएको जानकारी दिनुभयो । जनअपेक्षा पुरा गर्नकै लागि आफनो टिम कुनै निश्चित अफिस समय मात्रै भनेर नबसी अहोरात्र दिनको १८ घण्टा भन्दा बढि खटिरहेको बताउनु भयो । नगरले गरीरहेको कामहरुमा जनताको के छ धारणा बुज्दै जनताको समस्याहरु सम्बोधन गर्ननै कार्यक्रम राखेकोले सबैप्रकारका गुनासा जिज्ञासा प्रश्न र सुझाव निधक्र्कका साथ राख्न आग्रह गर्नु भयो ।
राईले हरेक बाटोहरुमा २ लाख ५ लाखको दरले पैसा छुटिएको बर्षौ भएपनि उक्त बाटाहरु जस्ताको तस्तै रहेको उल्लेख गर्दै एउटा वडामा कम्तिमा एक बहुउपयोगि सडक बाह्रै महिना चल्न सकोस भन्ने उदेश्यले नगरपालिकाले अलवेदर सडको अवधारण ल्याएको बताउनु भयो । यस सगै अरु सडकहरुलाई पनि प्राथामिक्तामा राखेर काम गर्ने उहाँको भनाई छ ।
बिद्युतको काठको पोल बिस्थापित गर्न नगरलाई २० हजार भन्दा बढि पोल आवश्यक पर्ने भएकोले यसको लागि बिद्युत प्राधिकरण सगँ समन्वय गरेर काम गरीरहेको बताउनु भयो । बिद्युत पोलको काम बिद्युत प्राधिकरणको भएको भएपनि जनताको समस्यालाई समाधान गर्दै लाने उदेश्यका साथ नगरपालिकाले पनि करिव १ करोड कजेट बिद्युत पोलको लागि छुट्याएको बताउनु भयो । मुख्य मन्त्री ग्रामिण सडकको लागि पनि ३ वटा सडक परेकोले सबै प्रक्रिया पुरा भएपछि मुख्यमन्त्रीको हातबाट सिलन्यास गरीने नगरप्रमुख राईको भनाई छ । कर गत बर्षभन्दा घटेको जानकारी दिदै राईले जग्गाको मालपोत नामसारी नापी लगायतको सेवा नगरमै दिने उदेश्यले जग्गा पास लगायतको सबै कागजात अब नगरपालिकाबाटै तयार गरीने र पास गर्न मात्रै जिल्ला जानुपर्ने बताउनु भयो । नगरपालिकाले कृषकको लागि बिशेष ध्यान दिईरहेको दावी गर्दै राईले गाईजोन क्षेत्र , कृषकलाई मोेटर सहित च्यापकटर मेसिन वितरण गोठसुधार कार्यक्रम बिभिन्न तालिम लगायतको ब्यवस्था गरेको बताउनु भयो । आएका सबै समस्या सकेसम्म छिटो समाधान गर्ने बताउदै वडा नम्बर ११ मा उठेका समस्या मध्ये १÷२ समस्या आज बिहानै समाधान भएकोले आफनो टिम गुनासा सुन्न मात्रै हैन सुनेर समाधान गर्ने हिमतका साथ गाउँगाउँ आएको बताउनु भयो ।
सूर्योदयनगरपालिका वडा न १२ का वडा अध्यक्ष डोलेन्द्र भाद्धवजको अध्यक्षता तथा सूर्योदयनगरपालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष भारद्धवजले वडाबासीको हरेक समस्याहरुलाई आफुले मनन गरीरहेकोले वडाले सक्ने वडाले र नसक्ने नगर सगँ तथा त्यो भन्दा माथिल्लो निकाय सगँ समन्वय गरेर समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाले वडाबासीले अलवेदर सडक, बुहारी शिक्षा , एकल महिलालाई स्वास्थ्य बिमा , किसानलाई अनुदानमा गाई बितरण जेष्ठनागरीक देश दर्शन लगायतका कार्यक्रमहरु निक्कै रुचाएकाले यस्ता राम्रा कुुरा पुन जारी राख्दै आएका सुझावका आधारमा अरु कार्यक्रम पनि थप गर्न पहल गर्ने बताउनु भयो ।
शिक्षा शाखा प्रमुख रुद्र नारायण साप्कोटाले शिक्षा क्षेत्रमा आएका समस्या समाधान गर्दै नगर अगाडी बढिरहेको बताउनु भयो । शिक्षा क्षेत्रमा आएका समस्या समाधान गर्न नगर शिक्षा शाखा कटिबद्ध रहेको उहाँको भनाई छ ।
जनताको गुनासो सुन्न घरदैलोमै नगर प्रमुख सहितको टिम आउनु अतिनै राम्रो कुरा भएको भन्दै वडा बासीले खुशि ब्यक्त गरे । वडाबासीले आफुहरुले राखेको गुनासाहरु समयमै सम्बोधन गरेर जनताको मुहारमा अझ धेरै खुसी थप्न आग्रह गरे । गरपालिका जनताको गुनासाहरु सुन्न वडावडामा पुगिरहेपनि जनताको सहभागिता भन कमै मात्र छ ।
सबैको ध्यान विकासका अन्यकुरा मानव विकास सांस्कृतिक विकास भाषा सस्कारको। विकास भन्दा पनि बाटो बिजुली लगायतको भौतिक विकासमा बढि केन्दीत भएको पार्ईन्छ ।