आज शहीद दिवस

Breaking News Hot News Special News Trending राजनीति समाज

इलाम:देशभर आज शहीद दिवस मनाइँदै छ । जनताको अधिकारका निम्ति लडदा प्राणको आहूति गर्नेहरुको सम्झनामा उक्त दिवस मनाईएको हो ।जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाईदै आएको छ ।

विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सरकारले शहीदमा सार्वजनिक विदा दिएको छैन । सहिद दिवस भाषणामा सिमीत बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.