बंगलादेशी नागरिकको हत्यामा संलग्न दुल्लामिँया काँकडभिट्टा नाकाबाट पक्राउ

Breaking News Hot News Special News Trending अपराध राजनीति समाचार

काठमाडौं: बंगलादेशका नागरिक मोहिद्दिन अहमदको हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् । अहमदको हत्या गरी फरार रहेको भनिएका दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेका मिया उनका साथी रहेका छन्।

महनगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले मिँया लाई पक्राउ गरेको हो ।बुधबार राति झापाको काँकडभिट्टा नाका हुँदै भारत जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं क्यासिनाको नियमित ग्राहक ४५ वर्षीया मोहिद्दिन अमहद ढाँकाबाटै जुवा खेल्न काठमाडौं आउँथे । ६ माघमा पछिल्लो पटक उनी जुवा खेल्न काठमाडौं आएका थिए ।

उनी सँधै सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लामै बस्थे । सात गते क्यासिनो जाने योजना बनाएका अहमदले एक्लै भएको महशुस गरी बंगलादेशबाटै उनका साथी दुल्लामियाँलाई बोलाएका थिए । तर उनले भोलीपल्ट क्यासिनो जान बनाएको योजना भने सफल हुन सकेन । सात गते दिउँसो उनको हत्या भयो ।

जसलाई काठमाडौं बोलाएर क्यासिनोमा रमाइलो गर्ने योजना बनाएका थिए । उनै साथीले अहमदको हत्या गरे । हत्या गरेपछि दुल्लामिँया फरार भएका थिए । तर होटलले भने ८ गते मात्र प्रहरीलाई खबर गरेको थियो ।

दुल्लामिँयाले ह्वीस्कीको बोतलले टाउँको र घाँटीमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी भारत भाग्न लागेको जानकारी पाएपछि सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको थियो । पक्राउ परेका मिँयालाई आजै काठमाडौं ल्याएर सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

बंगलादेशी दूतावासको चासो

घटनापछि नेपालस्थित बंगलादेशी दूतावासले पनि प्रकरणमा चासो दिएको छ । दूतावासका अधिकारीले गम्भीरतापूर्वक अनुसन्धान गरेर आरोपी पत्ता लगाइदिन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

बंगादेशमा हत्यामा संलग्नलाई फाँसीको सजाय छ । त्यसैले मिया भारतमै लुकेर बस्न सक्ने आशंका गरिएको छ ।

अहमद र मिया यसअघि मल्ल होटल, होटल र्‍याडिसन, होटल सोल्टी लगायतको क्यासिनोमा नियमित आवतजावत गरिरहेको पनि भेटिएको छ । देशको न्युजबाट

Leave a Reply

Your email address will not be published.