सूर्योदयमा नेकपाको प्रशिक्षण सम्पन्न

Breaking News Hot News Special News Trending कर्णाली प्रदेश राजनीति

गोपाल गिरी,सूर्योदय :

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटी को आयोजनामा आज प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकीकरण पश्चात् पहिलो पटक आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्तयाएका भूमि व्यवस्थापन ,कृषि तथा सहकारी राज्य मन्त्री एवं नेकपा जिल्ला समिति अध्यक्ष राम राणाले नेकपा को अबको बाटो समाजवादी क्रान्तिको रहेको बताउदै हरेक कम्युनिस्ट कार्यकर्ताले समाजवादी संस्कार संस्कृति र आचारणको विकासका गर्नु पर्ने बताउदै सामुहिक कृषि प्रणाली लाई अप्नाइ आत्मानिर्भर बन्न चाहनेलाई अाफ्नो तर्फबाट सहयोग र साथ मिल्ने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य काजीमान कागतेले कार्यकर्ताले लाई उनीहरुको जिम्मेवारी र हैसियत अनुसारको प्रशिक्षण कार्यक्रम सधैं आवश्यक रहेको बताए । त्यस्तै नेकपा सुर्योदय नगर कमिटी सह ईन्चार्ज नरेस तामाङ ले जनवादी क्रान्तिका एउटा कार्यभार पूरा भएको बताउदै अबको कार्यभार समाजवादी क्रान्तिको रहेको बताए जसको लागि शास्त्रीय माक्र्सवादी मान्यतामा सिर्जनात्मक बिकास आवश्यक रहेको र नेकपा त्यहि मार्गमा रहेको बताउदै वर्ग संघर्षको मोडल मा परिवर्तन आएको प्रकाश पारे ।

त्यस्तै नेकपा जिल्ला कमिटी सचिव सोममाया राई सिन्धु ले कम्युनिस्ट सदस्यहरु गतिवान र सिर्जनशील हुनुपर्ने बताउदै कार्यकर्ता हरुलाइ गाउँ गाउँमा गई संगठन निर्माण गर्न निर्देशन दिईन ।कार्यक्रममा स्वागत मन्तव्य कार्यालय सदस्य हेमराज आचार्य दिएका थिए भने कार्यक्रमको अध्यक्ष्यता नेत्र प्रसाद पोख्रेलले गरेका थिए ।कार्यक्रममा १४वडाका १००भन्दा वढि कार्रकर्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.