झापाको चारपानेमा जलाएरै हत्या

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध घुमफीर प्रदेश नं. १ राजनीति समाज

झापा: जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

डीएसपी मुकुन्द रिजालले कुन्युसँगै जलेको अवस्थामा पुरुषको शव भेटिएको पुष्टि गरेका छन् । प्रहरीले घटनास्थल घेरा हालेको छ ।‘तालिम प्राप्त कुकुर मगाइएको छ’, त्यसैका आधारमा अनुसन्धान सुरु हुन्छ’, उनले भने । मृतकको परिचय खुल्न बाँकी छ ।

खेतमा शव देखेपछि स्थानीयले मंगलवार बिहान प्रहरीलाई खबर गरेका थिए । घटनावारे अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी सटर भाडामा लिएर बस्दै आएका थिए । घटनास्थलमा सटरको चावीसमेत भेटिएको स्थानीयले बताएका छन् ।सजिलो

Leave a Reply

Your email address will not be published.