दलित जनप्रतिनिधिहरु इलाममा भेला हुँदै , भेलाले दलित समुदायको सामाजिक विकासमा महत्वपूर्ण भूमीका खेल्ने

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ राजनीति समाज


इलामः इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ को सवै तयारी पुरा भएको छ । इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले तयारी पुरा भएको जानकारी गराएको छ ।
जिल्लामा रहेका सवै दलितसँग सम्वन्धित संघसंस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । भेला सदरमुकाममा भोली र पर्सी अर्थात (माघ २४ र २५) गते हुने छ । भोली दिउशो ११ वजे टुँडिखेलबाट ¥याली सहित गौतमबुद्ध सभागृहमा आएर उद्घाटन गरिने मुल आयोजक समितिका संयोजक नवराज शंकरले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा देशभरका ४ सय दलित जनप्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

दलित समुदायका संघिय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष र कार्यपालिका सदस्यहरू भेलामा सहभागी गराइने कार्यक्रम आयोजक समितिका सदस्य सचिव प्रकाश परियारले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनसम्म चल्ने भेलामा दलितप्रतिनिधिहरुले पाएको अवसर र चुनौतीका विषयमा ब्यापक छलफल गरिने छ ।
पहिलो दिन नौमती र झाँकीसहित ¥याली गरिने छ । त्यसपछि उद्घ्घाटन गरिने छ । सोहि दिन संविधान र कानून निर्माणमा दलितका सवालबारे पूर्व सभामुख सुबासचन्द्र नेम्बाङ्गसँग अन्तरक्रिया गरिने छ । सोही दिनको साँझ महाबीर विश्वकर्माको एकल साहित्यीक बाचन हुने छ । सोही दिन सास्ंस्कृतिक कार्यक्रम समेत हुने छ ।

दोस्रो दिन १४ जिल्लाको समिक्षासहित अनुभव (रिपोटिङ्ग), नेपालमा जातपात र छुवाछूतबारे अन्तरक्रिया नेपालको दलित आन्दोलन विगत, वर्तमान र भविष्य सम्वन्धी अन्तरक्रिया, दलित समुदायको समस्या र राज्य बिषयक छलफल हुने छ । कार्यक्रममा छबिलाल विश्वकर्मा, सांसद मिन विश्वकर्मा, विनोद पहाडी लगायतको उपस्थिती रहने छ ।


उत्पीडित जातीय अधिकार मंच इलाम, समाजसेवी काले दमाई स्मृति प्रतिष्ठान इलाम, मानव अधिकार मंच नेपाल इलाम, दलित महिला संघ (फेडो) इलाम, सुनचाँदी व्यवसायी संघ इलाम, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इलाम, इलाम नगर दलित समन्वय समिति इलाम, चेतना नाट्य समूह इलाम, साथी देवेन फाउण्डेशन इलाम र दलित पत्रकार संघ इलामले कार्यक्रमको संयुक्त आयोजना गरिएको वताइएको छ ।

यसका लागि नवराज शंकर संयोजक र प्रकाश परियार सदस्य सचिव रहेको १५१ सदस्यीय मूल समारोह समिति १७ सदस्यीय सचिवालय गठन गरेर तयारी गरिरहेको छ । हाल कार्यक्रमलाई कसरी सभ्य र भब्य बनाउन सकिन्छ भनेर छलफल एवम् प्रचार भइरेको वताइएको छ ।
हाल स्थानिय तहमा देशभर गरेर २० प्रतिशत मात्र सहभागिता रहेको कार्यक्रममा जानकारी गराइयो । यस कार्यक्रमले दलितको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।

Leave a Reply

Your email address will not be published.