प्रदेश १ को नामाकरण टुंगो लगाउन नेताहरु सहमत

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति समाचार

मोरङ: प्रदेश १ को बिराटनगरमा जारी हिउँदे तथा बिधेयक अधिवेशनमा संसदीय दलका नेताहरुले प्रदेशको नामाकरण यहि अधिबेशनबाट गर्न सहमति जनाएका छन । मुख्यमन्त्री शेरधन राईले चालु हिउँदे अधिवेशनमै प्रदेशको नाम टुंगो लगाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । उनले सहमतिमा प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेश सरकारले अन्तिम समयसम्म सहजिकरणमा सहयोग पुर्याउने धारणा राख

हिउँदे तथा पाँचौँ अधिवेशनको पहिलो दिन बिहीबार दलका नेताहरुले जारी अधिवेशनमै प्रदेशको नामाकरण चाँडो टुंगो लगाउन जोड दिएका छन । प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जारी हिउँदे अधिवेशनमै प्रदेशको नामाकरण टुंगो लगाउन माग गरे । समाजवादी पार्टीका नेता जयराम यादवले संबिधानको मर्मलाई ख्याल गर्दै जारी अधिवेशनमै सहमतिमा प्रदेशको नाम टुंगो लगाउनुपर्ने बताए । राप्रपाकी नेता ईन्दीरा राईले प्रदेशको नामाकरण टुंगो लगाउन ढिलाई गर्न नहुने बताइन् ।

संघीय लोकतान्त्रिक मञ्चकी नेता बिष्णु तुम्बाहाम्फेले आधुनिकताका नाममा पहिचानलाई बेवास्ता गरेमा शान्त नेपाल र सुखी नेपालीको नारा सफल नहुने भन्दै प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गरेकी छिन ।एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१, संघीय समाजवादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् । संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

एक नम्बर प्रदेशको नाम लिम्बुवान, किराँत , लिम्बुवान किराँत, किराँत लिम्बुवान र कोच, कोशी, सगरमाथा, कोशी सगरमाथा , मेची प्रदेश, विराट, कञ्चनजंघा, बिजयपुर प्रदेश लगायत हुनुपर्ने माग छ । संसदमा बहस चलिरहँदा प्रदेशका बिभिन्न क्षेत्रमा समेत नामाकरणका लागी दवाव दिने तयारी समेत भईरहेको छ ।पूर्वेली न्यूज

Leave a Reply

Your email address will not be published.