इलाम :
१ नं. प्रदेशको प्रतिनिधित्व गर्दै पाँचथरका जुझारु युवा पत्रकार लवदेव ढुंगानाले नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।
नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष रहेका उनले पाँचथर, ईलाम, ताप्लेजुङ, तेह्रथुमलगायत पूर्वी पहाडी जिल्लाहरुको समर्थनमा उम्मेद्वारी दिन लागेका हुन । केही दिनअघि पाँचथरको माझीटारमा भएको पूर्वी पहाडका युनियनकर्मीहरुको भेलामा ढुंगानाले केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए । ढुंगानाको दाबेदारीपछि भेलाले महाधिवेशनमा पूर्वी पहाडी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गराउन एक हुने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता, मानव अधिकार र व्यावसायिक एकताका लागि निरन्तर क्रियाशिल ढुंगानाको लोकप्रियता शाही शासन र २०६२र६३ को जनआन्दोलनयता चुलिएको हो । अग्रमोर्चामा रही शाही सत्ताको विरोध गर्दा पत्रकार महासंघको तत्कालीन शाखा सभापतिकै हैसियतमा उनी ५१ दिन थुनामा परेका थिए भने पटक पटक प्रहरीको कुटाई खानु परेको थियो ।

पत्रकार महासंघमा जिल्लाका अधिवेशनहरुमा युनियनलाई पाखा लगाएर एकलौटी गरिएको र सदस्यता शुध्दिकरणलगायतका विषय उठाएर केन्द्रीय कार्यालयमा ताला लगाएर एक सातासम्म आमरण अनसन बसेका ढुंगाना सहकर्मीमाझ सधैं चर्चामा रहन्छन् । उनले पाँचथरमा तीन पटक महासंघको र एक पटक युनियनको नेतृत्व कुशलतापूर्वक सम्हालिसकेका छन् ।

२३ वर्षदेखि सकृय पत्रकारिता गरिरहेका ढुंगाना देखेको कुरा भन्ने र तत्काल कार्यान्वयनमा लैजान सक्ने निडर र हक्की स्वभावका पत्रकार मानिन्छन् । उनले कान्तिपुर, राजधानी, हिमालय टाइम्स, नेपाल टेलिभिजन, ईमेज टेलिभिजन, देशान्तर, विमर्शलगायतमा लामो समयसम्म काम गरेका छन् ।
पत्रकारको सुरक्षा र संरक्षणमा निडर भएर प्रस्तुत हुने ढुंगाना पछिल्लो समय नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन निर्माणमा व्यस्त छन् । उनी आगामी गणतन्त्र दिवसको अवसरमा भवन उदघाटन गर्ने, महासंघका दुई जना पूर्व केन्द्रीय अध्यक्षलाई स्वतन्त्रता सेनानीले सम्मान गर्ने र सोही अवसरमा राष्ट्रिय मिडिया सम्मेलन गराउन लागेका छन् ।
विधानसम्मत युनियनको महाधिवेशन गराउन ढुंगानाले दबाबमुलक अभियान सञ्चालन गर्दै आएका थिए ।
ुसंगठनलाई विधि र प्रक्रियासम्मत सञ्चालन गर्ने मेरो प्रतिबध्दता होु ढुंगानाले भने, ुनेतृत्वले शासक होइनस सेवक भएर काम गर्नु पर्छ । साथीहरुको मन जितेर व्यावसायिक हक, हित र अधिकारको लागि काम गर्नेछु ।ु