कांग्रेस नेता खड्काद्वारा विद्यालयलाई सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति शिक्षा समाचार समाज

इलाम : इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताडम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा कृषि प्राविधिक बिधालय संचालन गर्न ,बिधालयको भोतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखी यस मावि संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा रु ६१ हजार आर्थिक सहयोग प्रदान गरेका छन

गत माघ २१ गतेदेखि शुरु भएको सपताहमा हिजो यज्ञ स्थल पुगेर उनले सो रकम प्रदान गरेका हुन ।यज्ञको अतिथी समेत रहेका खड्काले
सदाचार , शिलाचार र ध्यान हाम्रो धर्मका मुल मन्त्र हुन भन्दै गरीबीको रेखामुनि रहेका बिध्यार्थीले अध्ययन गर्ने बिधालयको स्तर उन्नतिका लागि लगाइएको सप्ताह पुराणको सफलताको शुभकामना दिए ।इलाम जिल्लाका अग्रज समाजसेवीको रुपमा राष्ट्रिय सम्मान प्राप्तको उदघोष सगै यस क्षेत्रका अग्रज , शिक्षक ,बिध्यार्थी लगायत समपूर्ण नागरिकहरुले पन्चे बाजागाजा सहित भजन गाउँदै जयजयकारले स्कुल परीसर गराएर सम्मान समेत गरिएको थियो ।

अन्य दाताहरुको समेत सहयोग भएको यस महायज्ञमा पुराण बाचक लोकशरण उपाध्यायले डम्बर खड्का जस्ता समाजसेवी यज्ञमा पाउनु अहो भाग्य हो भन्दै खुलेर प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.