माईजोगमाई गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ बिजनेस राजनीति समाज

डम्बर कुमार निरौला ,माईजोगमाई :

माईजोगमाई गाउँपालिका ईलामको छैटौ गाउसभा माईजोगमाई गाउपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइको अध्यक्षातामा बसेको गाउसभाले २ वटा बिधेयक समेत पारित गरेको छ ।

गाउँसभामा अर्धबार्षिक प्रगति समिक्षा समेत भएको छ । प्रगति समिक्षा अन्तरगत योजना शाखाबाट शाखाका बिरध्वज लिम्बूले चालु आर्थिक बर्ष २०७६र७७ को योजनाहरुको सम्झौता भएका र सम्झौता गर्न बाकी रहेका योजनाहरुको बारेमा प्रस्तुत गर्नुभएको थियो त्यसैगरी स्वस्थ्य सम्बन्धी प्रगति स्वस्थ्य शाखा प्रमुख राम शंकरदेवले प्रस्तुत गर्नुभएको थियो ।

शिक्षा शाखाको तर्फबाट शाखा प्रमुख पबित्रा ढकालले प्रगति प्रस्तुत गर्नुभएको थियो कृषि शाखाको तर्फबाट शाखा प्रमुख अनिसा राइले प्रगति प्रस्तुत गर्नुभएको थियो । पशुबिकास शाखाबाट सोम कुमार देवानले प्रस्तुत गर्नुभएको थियो । सामाजिक शाखाको तर्फबाट गोकुल संजेजले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

न्यायिक समितिको तर्फबाट साबित्रा भट्टराइले प्रगति प्रस्तुत गर्नुभएको थियो । अर्धबार्षिक राजस्व को प्रगति समिक्षा पौडेलले प्रस्तुत गर्नुभएको थियो । गाउपालिकाको आम्दानी र खर्च बिवरण लेखा शाखाका प्रदिप नेपालबाट प्रस्तुत भएको थियो भने माईजोगमाई गाउपालिकाको कर्मचारी ब्यवस्थापन बिधेयक र जेष्ट नागरिक परिचय पत्र बितरण कार्यबिधि बिधेयक समितिका संयोजक याम कुमार कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

माईजोगमाई गाउपालिकाको कर्मचारी ब्यवस्थापन बिधेयक र जेष्ट नागरिक परिचय पत्र बितरण कार्यबिधि गाउसभाबाट समेत पारित भइसकेको छ ।सभामा सभा सदस्यहरुको जिज्ञासाको समाधान समेत सम्बन्धित शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए ।

२ बर्ष ८ महिनाको यो लामो समयमा जनप्रतिनिधि माईजोगमाई बासीको साथ सहयोगले माइजोगमाई गाउपालिका अघि बढेको छ । अध्यक्ष जित बहादुर राइले भने । सबैको साथ र सहयोग भएमा सफल बन्न सकिने कुरा समेत अध्यक्ष जित बहादुर राइले ब्यक्त गर्नुभयो ।

माईजोगमाई गाउपालिकाले गाउपालिका को सार्वजनिक सुनुवाइ यहि फागुन ७ गते गर्ने छ र सोही सार्वजनिक सुनुवाइमा उपस्थित हुन समेत सम्पूर्ण गाउसभाका सदस्यहरुलाइ माईजोगमाई गाउपालिकाले जानकारी समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published.