बेथिती बढेको भन्दै इलामका तीन नगरपालिकामा नेपाली कांग्रेसको खबरदारी

Breaking News Hot News Mukya Samachar Special News Trending बिजनेस राजनीति समाज

फिक्कल: स्थानीय तहमा बढेको बेथिती र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै इलामका ३ स्थानिय तहमा ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसले सूर्योदय नगरपालिका माई नगरपालिका र देउमाई नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । क्षेत्रिय सभापती दुर्गा बराल र नगर सभापती मणी गुरुङको नेतृत्वको टोलीले सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई ज्ञापन पत्र बुझाइएको छ ।

त्यसैगरी महासमिति सदस्य तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमाल र नगर सभापती कृष्ण खाकीको नेतृत्वमा माई नगरपालिका प्रमुख दिपककुमार थेवे र देउमाई नगर सभापति दिलिप कार्कीको नेतृत्वमा देउमाई नगर प्रमुख सुर्य पोखरेललाई ध्यानार्कषण सहित ज्ञापन पत्र बुझाएको हो । । नेतृत्व तहले दलीय स्वार्थमा अग्रसर भई जनताको अपेक्षा अनुरुप काम नगरेको भन्दै नेपाली कांग्रेसले सूर्योदय नगरपालिकामा २४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरुले फिक्कल बजार परिक्रमा गरी नगरपालिकामा पुगेर नगर प्रमुख रणबहादुर राईलाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेबारी लिएको करिब दुई बर्ष भइसक्दा समेत नगरपालिकाको नेतृत्व तहबाट संघीय सरकार र प्रदेश सरकारको सिको गर्दै नगरको सर्वाङ्गीण विकासका लागि अपेक्षाकृत काम नगरेको हुँदा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यता ज्ञापनपत्र बुझ्दै नगर प्रमुख राईले भने– ‘नगरको समृद्धि र विकासको लागि सबै पक्षको सहयोगको अपेक्षा छ, दलीय स्वार्थमा जनप्रतिनिधिले काम गरेको छैन’ । उनले भने– ‘नेतृत्व तहबाट कहींकतै कमीकमजोरी भए आगामी दिनमा सच्याएर लैजान प्रतिबद्ध छु ।’ त्यसैगरी महासमिति सदस्य तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमाल र नगर सभापती कृष्ण खाकीको नेतृत्वमा माई नगर प्रमुख दिपकुमार थेवेलाई ज्ञापनपत्र बुझाइएको हो । स्थानिय तहमा बढेको भ्रष्टचार, अनियमितता, विकासमा बेथिती, करको दर, सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने काममा ब्यक्तिगत निर्णय हुने गरेका लगायतका विभिन्न माग राखेर ज्ञापनपत्र बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published.