सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति समाज

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण ९सेक्युरिटी प्रेस० स्थापनाको ठेक्का स्वीकृतिका लागि स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग गरेको थियो । कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बिहीबार संसद बैठक अवरुद्ध पारेको थियो । कांग्रेसले बैठक अवरुद्ध पारेपछि सभामुख सापकोटाले आगामी बैठक फागुन १३ गते ९मंगलबार० दिनको १ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published.