भ्रष्टाचारको नाममा स्थानीय तहलाई मात्र अख्तियारले आतंकित पारेको जनप्रतिनिधिको आरोप

भ्रष्टाचारको नाममा स्थानीय तहलाई मात्र अख्तियारले आतंकित पारेको जनप्रतिनिधिको आरोप

इलाम:भ्रस्टाचार नियन्त्रण र संरक्षण प्रवद्र्धनका लागि जिल्ला स्तरिय अन्तररक्रिया इलाम सदरमुकाममा सम्पन्न भएको छ । बढ्दो भ्रष्टाचार न्युनिकरण गर्नका लागि अख्तीयार दुरुपयोग अन्सन्धान आयोग इटहरीले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै अख्तियार इटहरीका प्रमुख चक्रबहादुर बुडाले भ्रष्टाचारको प्रबित्ति कस्तो छ ? न्युनिकरणका लागि प्रतिबद्धताको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले न्युनिकरण गर्नका लागि कर्मचारी, जनप्रतिनिधि र स्वयम नागरिक लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अख्तियार इटहरीका शाखा अधिकृत गिरिराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै मौलाएको भ्रष्टाचार न्युनिकरण लाग्नु पर्ने बताउनु भयो । इलामबाट भ्रष्टाचार गरेको भन्दै सबैभन्दा वढि उजुरी स्थानिय तहको पर्ने गरेको कार्यपत्रमा उल्लेख छ । कार्यक्रममा आयुक्त साबित्रि थापाले उजुरीका आधारमा भ्रष्टाचार बढेको नहुन पनि सक्ने भन्दै भ्रष्टाचार भए पनि उजुरी नपर्ने गरेको बताउनु भयो । उहाँले देशलाई समृद्ध बनाउन भ्रष्टाचारलाई रोक्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडेइँ, स्थानिय सरकारका प्रमुख, जिल्ला स्थित बिषयगत तथा बिकासे कार्यालयका प्रमुख लगायतको उपस्थिती रहको थियो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मात्र भेला पारिएको अख्तियारको उक्त कार्यक्रम नियोजित र थर्काउने शैलिएको भएको भन्दै स्थानीय सरकारका प्रमुखले आक्रोस ब्यक्त गरे । कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अख्तियारले स्थानीय तहका जनप्रतिनिधिलाई थर्काउने शैलिमा मात्र कार्यक्रम आयोजना गरिएको बताउनु भयो । यस्तै फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले अख्तियार ठूला भ्रष्टचारीलाई आश्रय दिदै साना काममा भाजो हाल्ने प्रयत्नमा लागेको बताउनु भयो ।
उहाले भ्रष्टाचार भयो भन्ने हल्लाका आधारमा अख्तियारले दुख मात्र दिने गरेको बताउनु भयो । श्रेष्ठले नागरिकलाई आतंकित पार्ने काममा मात्र अख्तियार सक्रिय भएको आरोप लगाउनु भयो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले उजुरी परेको लामो समय सम्म पनि खख्तियारले मुद्धाको किनारा नलगाईदिने गरेकाले समस्या उत्पन्न गराएको बताउनु भयो । उहाले झुटा उजुरीमा अख्तियार रुमलीएको आरोप लगाउनु भयो ।