कोरोनोका कारण मेला महोत्सव र भोजभतेर नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौं : विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभाव फैलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि मेला, महोत्सव र भोजभतेर नगर्न अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो अनुरोध गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम कम गर्न तत्कालका लागि महोत्सव, सभा समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेका हुन । आवश्यक परेमा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको तयारी रहेको उनले बताए ।

अहिले भारइसकै कारण बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित गर्ने तयारी गरेको उनको भनाइ छ । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थर्मल स्क्रयानर राखिएको बताउँदै केही समयका लागि विमानस्थल पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.