बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति


काठमाडौं : अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई झुम्का कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी अदालतका निमित्त श्रेस्तेदार निधिराज दाहालले अनलाइनखबरलाई बताए ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो । अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published.