पशुपतिनगर नाकामा कोरोनाका कारण कडाई

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध पर्यटन प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

पशुपतिनगर:कोरोना भाईरस बारे सचेतना बृद्धि गर्ने उद्देश्यले इलामको पशुपतिनगर नाकामा आवात जावातमा कडाई गर्दै सहयता डेक्स स्थापना गरिएको छ । सूर्योदय नगरपालिकाको पूर्वी नाका पशुपतिनगरको नेपाल–भारत सिमानामा आवातजावातमा कडाई गर्दै उक्त क्षेत्रमा दुईवटा सहायता डेक्स स्थापना गरिएको हो । सहायता केन्द्र मार्फत सिमानामा आवातजावात गर्नेलाई कोरोना भाईरस र त्यसबाट बच्ने उपाय बारे परामर्श दिने गरिएको छ ।
सूर्योदय नगरपालिकाले नगर स्वास्थ्य शाखाको व्यावस्थापनमा शुरु गरेको सहायता केन्द्रमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको कोरोना भाइरस भए नभएको स्वास्थ्य जाँच गरिने सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘खुल्ला सिमानाका कारण हामी निक्कै जोखीममा छौ, बेलैमा सचेत हुन जरुरी छ ।’
सहायता केन्द्रमा दैनिक पाँचजना चिकित्सले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नेपाल प्रबेश गर्ने पर्यटक र यात्रीको थर्मल गनको प्रयोग गरी तापक्रम परीक्षण गरिने गरिएको छ ।
परीक्षणको क्रममा नेपाली नागरिकमा रोगको लक्षण देखिएमा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा तोकिएको ठाउँमा उपचारका लागि पठाईने ब्यवस्था गरिएको नगर प्रमुख राईले जानकारी दिनु भयो । अन्य देशको नागरिकको हकमा सम्वन्धित देशमा फिर्ता पठाइने ब्यवस्था गरिएको छ ।


पशुपतिनगरमा दुई ठाउँमा राखिएको हेल्प डेक्समा अनिवार्य आफ्नो स्वास्थ्य जाच गराएर मात्र प्रवेश गर्न पाईने ब्यवस्था गरिएको छ । नेपाल भारत खुल्ला सिमा रहेकोले समेत यो रोग भित्रन नदिन इलामको मुख्य नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । छिमेकी भारतमा समेत कोरोनाको त्रासले नेपालीलाई कडाई गर्न थालिएको छ । यता इलाम जिल्लाका स्वास्थ्य संस्थाहरुमा समेत माक्सको अभाव हुँन थालेको छ ।

Leave a Reply

Your email address will not be published.