इलाममा नेविसंघको कोरोना सचेतना अभियान

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन राजनीति शिक्षा स्वास्थ्य/शिक्षा

इलाम: कोरोना भाइरसबाट बच्ने उपायहरु बारे इलामका विभिन्न स्थानमा सन्देशमूलक सुचना राखिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती इलामले कोरोना भाईरसबाट बच्न अपनाउनुपर्नै उपायहरु बारे सन्देशमूलक सुचनाहरु इलामका विभिन्न स्थानहरुमा राखेको हो ।

कोरोना सचेतनाका लागि इलाम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम चोक बजार, बस पार्क, मरब क्याम्पस , ठूलो टुडिखेल, मोर्डन क्याम्पस आदर्श मावी र धोबिधारा लगायतका ठाउँमा व्यानर राखिएको छ ।

सुचनामा कोरोनाभाईरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धोऔं, अनावश्यक भिडमा नजाऔं, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाकौं लगायतका सन्देशमूलक कुराहरु रहेको नेबिसंघ कार्यबाहक अध्यक्ष प्रकाश भट्टराईले बताए ।

साथै इलाममा फाल्गुन २४ शनिबारको लोकसेवा आयोगको परीक्षा दिन आउने परिक्षार्थीहरुकोलागि सहयोग होस् भन्ने हेतुले इलाम चोक बजार इलाम र बस पार्कमा अप्ठ्यारो परेमा सम्पर्क नम्बर सहितको सहयोग व्यानर राख्ने कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.