कोरोना बारे सचेतना फैलाउदै नेबि संघ इलाम

माई :नेपाल विधार्थी संघ गरुवा बहुमुखी क्याम्पसद्वारा माइ नगरपालिकाका १० स्थानमा कोरोना भाइरसको बारेमा संचेतना मूलक पोष्टर राख्ने सम्पन्न गरेको छ विभिन्न विधालय,क्याम्पस,चोक बजार ,साथै सार्वजनिक स्थानमा माहामारीका रुपमा आएको कोरोना भाईरसका बारेमा सचेतना मुलक सामग्री रागेको हो ।
रोग लाग्ने कारण,रोगको लक्षण र बच्ने उपाय उत्त सामग्रीमा राखीएको छ । माईनगरपालिकाको पालटार, बि पि चौतारा शितली, शुक्रबारे बजार, जनता मा. बि. चिसापानी, बिष्णेटार मा. बि. महमाई, गरुवा बहुमुखी क्याम्पस, कालीखोला, सरस्वती मा. बि. मुसेखोला, सिम्हदेबी स्कुल बगैंचा र कलकत्ते महमाईमा सचेतना ब्यानर राखिएको छ ।नेबि संघका सदस्य केशब बराईली दिनु भयो । यस अघि पनि इलाम बजारका बिभिन्न स्थानमा नेबिसंघले सचेतना ब्यानर राखेको थियो ।

Leave a comment

Your email address will not be published.