अनेरास्ववियू इलाम कोरोना सचेतना अभियानमा

  • 53
    Shares
अनेरास्ववियू इलाम कोरोना सचेतना अभियानमा

इलाम: अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा इलाम जिल्लाका विभिन्न बस्तीमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक सामाग्री बाड्ने तथा जनचेतना जगाउने कार्यक्रम सम्पन्न भएको छ ।

इलाम नगरपालिका अन्तर्गत तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीमा घर घरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले जानकरी दिए ।२० भन्दा बढी समुहमा अनेरास्ववियू टोलि गाउँ गाउँ गएर जनचेतना जगाएको केन्द्रिय सदस्य रविन्द्र सुवेदीले बताए ।

उक्त अभियानमा अनेरास्ववियू केन्द्रिय सदस्य द्वय रबिन्द्र सुवेदी ,सन्दिभक्त शंकर , राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी सचिवालय सदस्य छत्र दर्लामी, जिल्ला कमिटी संयोजक प्रवेश पराजुली, जिल्ला सहसंयोजक विपिन पोख्रेल जिल्ला नेता मिलन खत्री, नयन राई लगायत जुझारु युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा आजै जिल्लाका दशै वटा स्थानिय तहका गाउँ बस्तिहरुमा सचेतनाका लागि घरदैलो अभियान संचालन गर्ने समेत संयोजक पराजुलीले जानकारी दिए ।

उनले भनेस् ुकोरोना बारेमा केही जानकारी नभएका नागरिकलाई सचेत गर्न यो अभियान चलाक्एइको हो, जसले गर्दा कोरोना आउन नदिन र आइहाले रोकथाममा मद्दत पुग्नेछ ।