समाजसेवी तथा कांग्रेस नेता खड्काद्धारा इलाम फर्कनेहरुका लागि निःशुल्क यातायातको ब्यबस्था

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन राजनीति स्वास्थ्य/शिक्षा

इलाम: नेपाली कांग्रेस इलामका युवा नेता तथा समाजसेवी डम्बर खड्काले काठमाडौंबाट इलाम आउने गरिब, असहाय र विद्यार्थीका लागि निशुल्क यातायात सेवा उपलब्ध गराउने भएका छन ।
कोरोना भाईरसको महामारी पछि सरकारले समेत देशमा उच्च सर्तकता अपनाए पछि घर फिर्नेको लर्को लागिरहेकाले र यातायतको समेत अभाव भैरहेको बेला नेता खड्काले काठ्माण्डौबाट इलाम आउनेका लागि निशुल्क यातायतको ब्यवस्था गरेका हुँन । खड्काले घर आउनेहरुका लागि निशुल्क माइक्रो बसको व्यवस्था गरेका छन् । घर फर्किन नसकेका विद्यार्थी, गरिव र असाहयका लागि चैत १० गतेभित्रै इलाम सम्म आउनका लागि सात वटा माइक्रो बसको व्यवस्था निशुल्क ब्यवस्था गरिएको खड्काले जानकारी दिए । खड्काले भने‘अहिले बिपतको बेला छ सबैले घर फर्कन पाउनु पर्छ । ’ काठमाडौंको कोटेश्वरमा रहेको इलामेली हायसको काउन्टरबाट निशुल्क इलाम सम्म आउने व्यवस्था गरिएको छ । खड्काले यस अघि देखि नै बिपतको बेला र असाहयलाई सक्दो सहयोग गर्दै आएका छन । चियाबारी एफ.एम.का अध्यक्ष समेत रहेका खड्काले युवा समाजसेवीको पहिचा नै बनाई सकेका छन् ।
सरकारले चैत १० गतेदेखि केही अवधिका लागि देश भित्र सचालन हुँने लामो दुरीका यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाई सकेको छ ।

Leave a Reply

Your email address will not be published.