कोरोनाको संक्रमण रोक्न चिनियाँ मोडल नेपालमा अपनाउने तयारी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौँ: सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।

कोरोना भाइरस कोभिड–१९को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल नेपालमा अपनाउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published.