भारत र चीनसँगको सीमा नाका एक साता सम्म बन्द

भारत र चीनसँगको सीमा नाका  एक साता सम्म बन्द

काठमाडौं: भारत र चीनसँग जोडिएको नेपालको सीमा नाका आजदेखि एक सातासम्म बन्द गरिने भएको छ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार सोमबार बिहान १० बजेदेखि नाका बन्द हुने भएको हो।

पछिल्लो समय भारतसँग जोडिएको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको घुँइचो लागेको खबरहरु सार्वजनिक भइरहेका थिए।

भारतमा पनि कोरोना भाइरस संक्रमित बढ्दै जान थालेपछि कतिपय सीमा नाका बन्द गर्नुपर्ने माग गर्दै आएका थिए। नेपाल लाईभ