सूर्योदय र माईजोगमाईमा विपन्न परिवारका लागि खाद्य सामग्री भण्डारण

फिक्कल : कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण विपन्न परिवारमा आउने समस्याका लागि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चामल स्टक राखेको छ । गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट गाउँपालिकाले ११० क्विन्टल चामल खरिद गरी भण्डार गरेको अध्यक्ष जित बहादुर राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले कार्यविधि बनाएर गाउँपालिकाकाको विपन्न, गरिव र मजदुरहरुलाई वितरण गरिनेछ ।
‘खाध्य सामाग्रीको लिनका लागि यहि गाउँपालिकाको स्थायि बासिन्दा र भोटर हुनुपर्ने छ । जिल्लाबाट एक प्रकारको कार्यविधि आएको त्यसमा हामी थप घट गरेर आफनो कार्यविधि बनाउने छौ ’ उनले भने ‘ अहिले ६ वटै वडामा लगत संकलन भइरहेको छ । वडाको सिफारिसको आधारमा खाध्य सामाग्री उपलव्ध गराइनेछ ।’ हाल भण्डार गरिएको सामाग्रीले अपुग भए थप खरिद गरेर गाउँपालिकाले वितरण गर्ने उनले बताए ।
त्यसैगरी सूर्योदय नगरपालिकाले समेत ५५ क्विन्टल खरिद गरेर भण्डारण गरेको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले बताए । उनका अनुसार वडा वडाबाट सिफारिस भइ आएका मध्ये अति विपन्न र गरिबलाई समानुपातिक रुपमा वितरण गरिनेछ । वडा नं ३ ले उद्योगी, व्यवसायी एवम समाजसेवीहरुबाट ८७।५ क्विन्टल चामल संकलन गरेर भण्डार गरिने भएको छ ।
कोरोनाका कारण वडामा हुन सक्ने खाध्य अभावलाई परिपुर्ति गर्नका लागि संकलन गरिने वडाध्यक्ष होम कार्कीले बताए । उनले भने ‘ अहिले भण्डारण गरेर टिप्पणी उठाएर राखिनेछ आवश्यक परेको खण्डमा छिमेकी वडामा समेत वितरण गरिनेछ ।’ टोल विकास समितिको सिफारिसमा वडा कार्यालयमा बनाइएको समितिको निर्णय अनुसार चामल वितरण गरिने कार्कीले जानकारी दिए । चामल भोली आयात गरेर भण्डार गरिने जनाइएको छ ।

Leave a comment

Your email address will not be published.