इलाममा कांग्रेस नेता खड्काद्धारा लकडाउनले समस्यामा परेकालाई ५०० मन चामल बितरण गर्दै

  • 1.8K
    Shares
इलाममा कांग्रेस नेता खड्काद्धारा लकडाउनले समस्यामा परेकालाई ५०० मन चामल बितरण गर्दै

इलाम: नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले लकडाउनले मजदुर र बिपन्न बर्गलाई समस्या भैरहेका बेला २० हजार किलो ग्राम चामल निःशुल्क बितरण गर्न थाल्नु भएको छ ।
बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस(कोभीड १९)को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनका कारण इलाम बजार आसपासका क्षेत्रमा काम गर्ने मजदुर र बिपन्न बर्गलाई खड्काले स्थानीय तहका जनप्रतिनिधि मार्फत उक्त चामल बितरण गर्न थालिएको हो ।
खड्काले २० हजार किलोग्राम (५०० मन) चाम र २० हजार थान नै माक्स निशुल्क बितरण गर्नु भएको छ । खड्काले इलाम नगरपालिका र आसपासका क्षेत्रमा उक्त सामग्री बितरण गरिएको बताउनु भयो ।

खड्काले करिव २१ लख बराबरको सामग्री बितरण गरिएको बताउदै जिल्लाका अन्य स्थानमा पनि समस्या हेरी थप सामग्री बितरण गर्ने जानकारी दिनु भयो । समाजसेवी खड्काले भन्नु भयो‘यो बिपतको बेलामा सबैले यो उ नभई सहयोग गर्ने समय हो, यसमा म लागि परेको छु ।’


नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका कांग्रेस युवा नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आउनु भएको छ । उहाले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आउनु भएको छ ।

खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मीक क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनु भएको छ भने बिभिन्न स्थानमा सडक निर्माण लगायतका काममा समेत सहयोग गर्दै आउनु भएको छ । खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटागे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मुर्ती धातुबाट निर्माण गर्ने कार्य समेत गरीरहनु भएको छ । खड्का चियाबारी एफ.एम. इलाका अध्यक्ष तथा निर्माण ब्यवसायी समेत हुनुहुन्छ ।