कांग्रेसका नेता खड्काद्धारा इलाममा नि: शुल्क दही दुध बितरण

कांग्रेसका  नेता खड्काद्धारा इलाममा  नि: शुल्क दही दुध बितरण

इलाम: नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले निशुल्क दही दुध बितरण गरेका छन । लकडाउनले समस्या भइरहेका बेला शुक्रबार ९आज० इलाम बजार , रहसल बाल गृय , माईखोलामा रहेको ब्रृद्धाश्रम सहित आसपासका क्षेत्रमाका मानिसलाई १ हजार लिटर दुध र दही निःशुल्क बितरण गरेका हुन ।

बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस९कोभीड १९०को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनका कारण मानिसहरुमा परेको समस्यालाई केही हद सम्म भएपनी समाधान हुने भन्दै आज घर घर पुगेर बितरण गरेको खड्काले बताएका हुन ।

‘कोरोना भाईरसको कारण बजारमा ठूलो बिपत्ति आइलागेको महसुश गरेपछि सहयोग उपलब्ध गराएको हुँ’ खड्काले भने यो बिपत्तिमा परेका बजारबासि सहित गरीब दुखी लाई सहयोग गर्न पाउँदा आफूले पून्य कमाएजस्तो लागेको उनको भनाई छ ।

खड्काले यस अघी करिव २१ लख बराबरको चामल सहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका छन । उनले लकडाउन हुनु अघी काठमाडौ बाट इलाम फर्कनेहरुका लागि सवारी समेत निःशुल्क उपलब्ध गराएका थिए ।

नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका कांग्रेस युवा नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आएका छन । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई देखी लिएर जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मीक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन । समाजसेबी भएकै कारण उनी राष्ट्रिय सम्मान बाट समेत सम्मानित भईसकेका छ्न ।

खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटागे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मुर्ती धातुबाट निर्माण गर्ने कार्यमा समेत लागिरहेका छन । खड्का इलाममा सन्चालित चियाबारी एफ.एम. इलाका अध्यक्ष तथा निर्माण ब्यवसायी समेत हुन ।