इलाम: जिल्ला समन्वय समिति इलामको आयोजनामा भएको सर्वपक्षिय समन्वय बैठकले कोरोनाको जोखिम न्युनिकरण र सचेतनाका लागि ६ वटा निर्णय गरेको छ । जिसस प्रमुख गणेश बरालको अध्यक्षता तथा भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको भेलामा इलामबाट प्रदेश सभामा निर्वाचित ४ जना प्रदेश साँसदको विशेष आतिथ्यता रहेको थियो । बैठकमा इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रणबहादु राई, भारतसँग सिमा जोडिएका गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । बैठकले लकडाउनको अवधि लम्बिन सक्ने भएकोले जिल्लाका ग्रामिण भेगका कृषकहरुलाई सामाजिक दुरी कायम राख्दै उत्पादनमा लाग्न र सुरक्षित ढंगले बजारसम्म पु¥याउन सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधी तथा स्थानिय तहबिचको समन्वयकारी निकायको आवश्यकता महसुस गर्दै जिल्ला समन्वय समितिको भुमिका प्रभावकारी बनाउँदै दैनिक सुचना प्रवाह गराउने भएको छ । सिमा क्षेत्रमा बिशेष सतर्कता अपाउनका लागि भारतसँग सिमा जोडिएको स्थानिय तह र स्थानिय प्रशासनलाई आवश्यक समन्वय, सुरक्षा र आवश्यक थप क्वारेन्टाइनको व्यवस्थापन मिलाउन अनुरोध गरिने भएको छ । राहत वितरणको कार्य केन्द्रिय सरकारले उपलव्ध गराएको मापदण्ड अनुसार सम्पुर्ण स्थानिय तहमा एकरुपताका साथ प्रभावकारी रुपमा वितरण गराउने तथा वितरण गर्न बाँकी रहेका स्थानिय तहले अन्य स्थानिय तहसँग समन्वयमा एकरुपताका लागि अनुरोध गरिने भएको छ । दैनिक उपभोग्य अति आवश्यक बिषयका सहज व्यवस्थापन तथा बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र इन्धन लगायत कृषिजन्य तथा पशुजन्य खाध्य सामाग्री सहज आपुर्तिको लागि अनुरोध गरिने भएको छ ।
कोरोनाको त्रास बढिरहेको अवस्थामा जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोना बाहेकका अन्य विरामी भएर आउँदा उपचार नपाएको गुनासोपछि साविक अनुसार उपचार सेवाको बन्दोवस्त मिलाउन जिल्ला अस्पताल इलामलाई अनुरोध गर्दै प्रदेशभित्रका ठुला अस्पतालमा विरामीहरुको उपचारमा सहज वातावरण बनाउन प्रदेश सरकारबाट परिपत्रको लागि अनुरोध गरिएको छ । त्यसैगरी इलाम अस्पताललाई आवश्यक उपकरण उपलव्ध गराउन प्रदेश तथा संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।