प्रदेश १ का पालिकाहरूलाई प्रदेश सरकारले दियो नौ करोड ५० लाख

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरूलाई नौ करोड ५० करोड रुपैयाँ प्रदान गरेको छ । नयाँ वर्ष २०७७ को अवसरमा आज सोमबार बिहान ८ बजे प्रदेशवासीलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पालिकाहरूलाई कोरोना प्रकोप नियन्त्रणका लागि नौ करोड ५० लाख प्रदान गरेको जानकारी गराएका छन् ।

पालिकाहरूलाई नौ करोड ५० लाख
मुख्यमन्त्री राईका अनुसार लकडाउनको समयमा गरिबहरूलाई राहत वितरणका लागि महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकाहरूलाई १५ लाख रुपैयाँ, नगरपालिकाहरूलाई १० लाख र गाउँपालिकाहरूलाई पाँच लाख गरी एकमुष्ट नौ करोड ५० लाख रुपैयाँ बजेट पठाउने व्यवस्था मिलाइएको छ ।

जिससलाई ७० लाख
जिल्लामा कोरोना भाइरस ९कोभिड– १९० को रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरू र स्थानीय प्रशासनसँगको समन्वय र प्रभावकारी अनुगमनका लागि प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरूलाई पाँच लाखका दरले ७० लाख रुपैयाँ बजेट पठाइनेछ ।

सरकारी अस्पताललाई तीन करोड, सुरक्षालाई एक करोड ६८ लाख
प्रदेश १ सरकारले सबै सरकारी अस्पतालहरूलाई पहिले नै तीन करोड र सुरक्षा निकायलाई एक करोड ६८ लाख रुपैयाँ बजेट निकासा गरिसकेको जानकारी गराएको छ । साथै कोरोना भाइरस ९कोभिड– १९० नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भइसकेको पनि सरकाले स्मरण गराएको छ ।

नागरिक समाजको सहयोग प्रशंसनीय
प्रदेश १ सरकारप्रमुख मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणका लागि स्थानीय समुदाय, सामाजिक संघसंस्थाहरूले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन् । उनले सम्बोधनमा भनेका छन्, ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारी साथीहरूको भूमिका र सक्रियता सराहनीय छ ।’

फ्रन्टमा खटिनेको मृत्यु भएमा परिवारलाई ५० लाख
कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना संक्रमित भई मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदरस्वरूप प्रदेश सरकारको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत हामीले गरेका छौँ– मुख्यमन्त्री राईले भने ।

पत्रकार र सञ्चारमाध्यमको प्रशंसा
मुख्यमन्त्री राईले संक्रमण रोकथामका लागि प्रदेशका आमसञ्चारमाध्यम र पत्रकारहरूले निभाएको भूमिकाको पनि प्रशंसा गरेका छन् । उनले महाविपत्तिको समयमा सधैँ सत्यतथ्य र सन्तुति सूचनाहरू मात्र प्रकाशन–प्रसारण गर्न आग्रह पनि गरेका छन् ।

राजनीतिक दलहरूसँग निरन्तर साझेदारीको विश्वास
मुख्यमन्त्री राईले लकडाउनले गर्दा प्रदेश सभाको बैठक प्रभावित भएकोले धेरै विधेयक र प्रदेशको नामांकन गर्ने विषय पनि स्थगन भएको भनेका छन् । उनले कोरोनाविरुद्धको अभियानमा खटिरहेका प्रदेशका सबै राजनीतिक दलहरूसँगको सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गरे । नयाँ पत्रिका दैनिकको अनलाईनबाट

Leave a Reply

Your email address will not be published.