पूर्वी रुकुमको सिस्ने गाउँपालिका कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय

  • 283
    Shares
पूर्वी रुकुमको सिस्ने गाउँपालिका कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय

गोकुल काफले, काठमाण्डौ :

पूर्वी रुकुमको सिस्ने गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाएको छ ।
गाउँपालिकाको विपद व्ययस्थापन समितिले कोरोना नियन्त्रण र रोकथामका लागि भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको निगरानीलाई समेत तिब्रता दिई रहेको हो । गाउँपालिकाले वडा सदस्यको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्रहरी प्रतिनिधि, उद्योग वाणिज्यसंघ प्रतिनिधि, स्वयंसेविका, स्थानीय क्लीनिक, मेडिकल प्रतिनिधि, शिक्षक सहितको निगरानी गर्ने संयन्त्र गठन गरेर काम गरिरहेको छ ।
नौ जनाको गाउँपालिका स्तरको द्रुत प्रतिकार्य टोली तथा आपतकालिन चिकित्सकिय टोली परीचालन गरिएको छ । गाउँपालिकाले रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक बिद्यालयलमा क्वारेन्टाईन स्थापना गरी विदेशबाट आएका ३६ जनामध्ये १ जना जापानबाट आएका र ३५ जना भारतबाट आएकालाई खाने बस्नको व्यवस्थापन गरी राखिएको थियो ।
कोरोना नियन्त्रण र रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री समेत खरिद गरिएको छ । गाउँपालिका क्षेत्रमा कोरोना नियन्त्रण, रोकथामको निम्ती पर्चा पम्पलेट, ब्यानर प्रत्येक चोक,बजार,टोल,विद्यालय, स्वास्थ्य चौकीहरुमा राखी जनस्तरमा प्रचार प्रसारको लागि स्थानीयबाट सूचना प्रबाह गरी राखिएको छ ।

गाउँपालिकाले हेल्प डेक्स स्थापना गरी स्वास्यकर्मीका टोलि परिचालन गरेको छ । गाउँपालिकाबाट २ वटा कार्यविधिहरु विपन्न, असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराइने राहत सम्वन्धी मापदण्ड कार्यान्वयन कार्यविधि२०७६ र कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन सम्बन्धी कार्यविधि २०७६पास गरी राहत वितरण कार्य सुरु गरिएको छ ।
गाउँपालिकाले चामल ३० केजी, दाल ३ केजी, नुन २ केजी, खाने तेल २ लिटरका दरले वितरण गरिरहेको छ । गाउँपालिकाले दुईवटाका दरले ३५०० घरधुरीलाई साबुन समेत वितरण गरेको छ । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापनकोषमा १७ लाख र प्रदेश सरकारको १० लाख गरी २७ लाख रकम जम्मा भएको जनाएको छ । ।
सिस्ने गाउँपालिकाको ३ वटा नाका खोपीचार, मोहडाडा र रेवतखोलामा पोष्ट खडा गरी सुरक्षा कर्मी र स्वास्थ्य कर्मीको निम्ती खाद्दान्न, रासनर टेन्टको व्यवस्था गरेको छ । हालसमम्ममा उक्त गाउँपालिकाबाट विदेश गई काम गरीरहेका व्यक्तिहरुको लगत संकलन गरी सकेको गाउँपालिकाले जनाएको छ ।