कोरोना रोकथाम तथा नियन्त्रणमा सूर्योदय नगरपालिका उत्कृष्ठ

प्रदेश नं. १ प्रदेश संस्करण

फिक्क्ल: कोरोना भाईरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणमा गरेका कामको आधारमा आर्थिक वर्ष ०७६/७७ को वार्षिक समिक्षा कार्यक्रमको प्रस्तुतिकरणमा सूर्योदय नगरपालिका प्रथम भएको छ ।
स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको आर्थिक वर्ष ०७६/७७ को वार्षिक समिक्षा कार्यक्रमको प्रस्तुतिकरण र कोभीड १९ रोकथाम तथा नियन्त्रण कार्यमा गरेको काम अनुसार इलामका १० वटा पालिका मध्ये सूर्योदय नगरपालिका प्रथम भएको हो ।
स्वास्थ्य कार्यालयले पालिकाहरुले दिएको सेवा सुविधा, प्रस्तुतीकरणका आधामा मूल्याङक गरेको स्वास्थ्य कार्यालयका प्रमुख बृज कुमार दाशले जानकारी दिनु भयो ।
भारतीय सीमा नाका जोडिएको सूर्योदय नगरपालिकाको पशुपतिनगर नाकाबाट भारतमा रहेका इलाम सहितका देशका बिभिन्न जिल्लाका नागरिक प्रवेश गरेका कारण सूर्योदयन गरपालिकामा बढी जोखीम रहेको थियो ।
कोरोना संक्रमण शुरु भए संगै नगरपालिकाले पशुपतिनगरमा क्वारेन्टाईन स्थापना गरी उक्त नाकाबाट प्रवेश गरेकालाई सेवा दिएको थियो । नगरपालिकाका कोभिड १९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले कर्मचारी ,जनप्रतिनिधि र स्थानीयको सहयोगले कोरोना नियन्त्रणमा राम्ररी काम गर्न सफल भएको बताउनु भयो । अधिकारीले कोरोनाको संक्रमण जारी रहेकाले आगामी दिनमा पनि सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
सूर्योदयन गरपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा हाल सम्म ७ सय बढी बसेका छन भने २४ जना संक्रमित मध्ये २३ जना निको भई घर फर्कीएका छन । अव नगरपालिकामा १ जना मात्र निको हुँन वाँकी रहेको अधिकारीले जानकारी दिनु भयो ।
जिल्लाका १० स्थानीय तह मध्ये सूर्योदय नगरपालिकाले सबै भन्दा पहिला आव २०७६/७७ मा भएको खर्च समेत सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published.