फिक्कलमा नेपाल सम्वत ११४१ को स्वागत गर्दै म्ह पूजा गरियो

प्रदेश नं. १ प्रदेश संस्करण

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका १० स्थित फिक्कलमा नेपाल सम्वत ११४१ को स्वागत तथा म्ह पूजाको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ ।
नेवाः देय्ः दबू सूर्योदय नगरसमितिको आयोजना तथा नेवाः ल्याम्ह दबूः सूर्योदय नगरसमितिको संयोजनमा भएको कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै कार्यक्रम आयोजना गरिएको समितिका सचिब युवराज प्रधानले जानकारी दिनु भएको छ ।
कार्यक्रममा वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, पीएचसी फिक्कलका मेडिकल अफिसर सरोज दर्नाल अन्य कर्मचारी लगायत नेवा समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भीम बहादुर श्रेस्ठले म्ह पुजाको बारे प्रकाश पार्नु भएको थियो । नेवारी समुदायमा आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यता अनुसार म्ह पूजा गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published.