रोङ गाउँपालिकाका ९५ किसानलाई च्यापकटर

प्रदेश नं. १ प्रदेश संस्करण


इलाम: इलामको रोङ गाउँपालिका वडा न ६ ले बाख्रापालन ब्यवसायलाई प्रोत्साहन गर्न ९५ किसानलाई च्यापकटर बितरण गर्ने भएको छ ।
बाख्रा पालनको राम्रो सभावना रहेको र बाख्रा पालनको माध्यामबाट किसानको आर्थिक स्तर सुधारको लागि रोङ छ६जिरमलेमा बाख्रा पोकेट क्षेत्र बजाउने लक्ष्यको साथ किसानलाई प्रेरणा जगाउन तालिम ,घासको बिउ र घास टुक्राउन च्यापकटर मेसिन बितरण गर्न लागिएको हो ।
बडा कार्यलयले किसाहरुलाई निजि ,सामुहिक फाम दर्ता गराएर अनुदानमा नश्ल सुधारको लागि बिउ बोका ,खोर सुधार र प्राबिधिक सेवा दिन थालेपछि अहिले १ सय ५९ फारमहरु दर्ता रहेकोमा स्थलगत मुल्याङ्कन र प्रगतिको आधारमा वडाको बजेटबाट ८६ र महिला,दलित र अपाङ्गहरुमध्येबाट ९ गरि कुल ९५ बटा फारमहरुको छनौट गरि नामावलि समेत प्रकासन गरिएको वडाध्यक्ष मनि कुमार स्याङ्वो सुवासले बताए ।वडाको १५लाख बजेट रहेकोमा अघिल्लो बर्ष यिनै समुहमध्येबाट २० फामलाई च्यापकटर,५२ खोर सुधार र६ बटा बि बोका बितरण गरिएको थियो ।
अनुगमनमा कतिपय किसानको गाईपालन फारम र कतिपय किसानको घरमा अगाडिनै च्यापकटर रहेकोले उनिहरुलाई वडाले दिन नसकेको र कोहि छुटेको भए आगामि बर्ष सम्वोधन गरिने गरि कार्यक्रम राखिने वडाध्यक्ष तामाङको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published.