ब्यवसायमा महिला सहभागीता बढाउने अभियानमा सूर्योदय उद्योग बाणिज्य संघ

पर्यटन प्रदेश नं. १ प्रदेश संस्करण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा ब्यवसायमा महिला सहभागीत र क्षमता अभिबृद्धि सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा सूर्योदय नगर उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा नगरका उद्योगी महिलालाई थप ब्यवसायीक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षता र नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा ७४ जना उद्यमशिल महिलाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राईले सिप सिकेर थप उद्यमशिल बन्न सहभागीलाई आग्रह गर्नु भयो । उहाले नगरले उद्यमशिलताका धेरै कार्यक्रम संचालन गरिरहेको जानकारी दिदै उत्पादित बस्तुलाई अन्तराष्ट्रिय बजारमा लैजाने कार्यमा लाग्न उद्यमी महिलालाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा इलाम उद्योग बाणिज्य संघकी पूर्व अध्यक्ष सुशिला सापकोटाले उत्पादन देखि बजारीकरण सम्म चुनौती रहेको बताउनु भयो । उहाले आर्थिक , सामाजिक र राजनीतिक रुपमा महिलालाई अगाडी बढाउन यस्ता उद्यममा जोडिनु पर्नेमा जोड दिनु भयो ।
सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष राईले कोरोना महामारीका कारण धेरै कार्यक्रम गर्न नसके पनि महिलाहरुका लागि लक्षित कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । उहाले सिकेको सिपलाई ब्यवहारमा उर्तान आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै सूर्योदय नगर उद्योग बाणिज्य संघका महासचिब राजन प्रधानले नगरको सानो सहयोगले धेरै महिलालाई उद्यमी बन्न सहयोग पुगेको बताउनु भयो ।
कार्यक्रममा कृषि बिकास बैङ फिक्कलकी कर्मचारी टिका पौडेलले उद्यमी महिलालाई बैङले सहुलीयतमा बिना धितो १५ लाख सम्म कर्जा दिए पनि लिन नआउने गरेको जानकारी दिनु भयो ।
सूर्योदय नगर उद्योग बाणिज्य संघकी सचिव कविता राईले संचालन गर्नु भएको कार्यक्रमको सहजीकरण नविन लामिछाने र चुडामणी बरालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.