एमाले इलामका समान्तर कमिटी अध्यक्ष केसी पार्टी सदस्य समेत नरहनेगरी तीन महिनालाई निलम्बित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण


इलाम : नेकपा एमाले जिल्ला समानन्तर कमिटी गठन गरेका माधव–झलनाथ समुहका नेता भक्त केशि पार्टीको निलम्बनमा परेका छन् । नेकपा एमाले जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको बैठकले समानान्तर कमिटी बनाउने केसीलाई तीन महिनासम्म निलम्बन गरेको हो । केशिलाई पार्टीको साधारण सदश्यबाट पनि निलम्बन गरिएको एमालेका एक नेताले जानकारी दिए ।
बैठकले समानान्तर कमिटी बनाउने एमालेका नेता जेबि फिलिहाङ्ग र हरिवाला राईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटीमा कारबाहीको सिफारिस गरिएका धु्रब श्रेष्ठले केपि ओली नेतृत्वको नेकपा एमालेमा बस्ने भनि पठाएको प्रष्ठिकरण चित्तबुझ्दो भएकाले कारबाहीको सिफारिस फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी हित विपरित कार्य गरेको भन्दै एमाले समान्नतर कमिटीका जिल्ला अध्यक्ष भक्त केसीलाई एक साता अघि स्पष्टिकरण सोधेको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बु र ध्रुव श्रेष्ठलाई कारवाहीको लागि सिफारिस गरेको थियो ।
नेकपा ओली समुहको चैत्र २७ गतेको जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बैठकबाट उनीहरुको बारेमा उक्त निर्णय गरेको थियो । एमाले जिल्ला सचिव महेश बस्नेतले प्रेस वक्तव्य जारी गर्दै स्पष्टिकरण र कारवाही सिफारिस बारे जानकारी गराएका थिए ।
माधव–झलनाथ समुहले गत चैत्र २५ गते इलाममा अगुवा कार्यकर्ता भेला एवम ३ सय १ सदस्यीय एमाले जिल्ला कमिटी घोषणा गरेको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लिम्बु र श्रेष्ठसंगै पुर्व सांसद शुकन्तला लेप्चा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.