सूर्योदय नगरपालिकाका नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत भट्टराई बिच कार्य सम्पादन सम्झौता

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रदेश संस्करण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई स्वागत गर्दै कार्य सम्पादन सम्झौता गरिएको छ ।
कार्यालयमा स्वागत गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्य सम्पादन करार सम्झौंता समेत गरिएको हो । सम्झौतामा ३१ क्रियाकलापहरू रहेका छन्। उपलव्धी सूचक र उपलव्दी मापनको आधार समेत रहेको उक्त सम्झौंताले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउन मार्ग निर्देश गर्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।

भर्खर आउनु भएका प्रशासकीय अधिकृत भट्टराईले कार्य सम्पादन सम्झौता अनुसार नै आफनो सबै समय दिएर जनताको मन जितेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नगरले बिद्यालयका प्रधानाध्यापक संग समेत कार्य सम्पादन सम्झौता गर्दै आएको छ ।सरुवा भई आउनु भएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा स्वागत समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published.